मलेसियामा तीज भब्यताका साथ सम्पन्न

  |   रवि भट्ट

 मलेसियामा तीज भब्यताका साथ सम्पन्न

क्वालालम्पुर-नेपाली महिलाहरुको महान पर्ब हरितालीका तीज मलेसियामा भब्यताकासाथ सम्पन्न भएको छ । मंगलबार राजधानी क्वालालम्पुर एनआरएन मलेसिया र नेपाली व्यापारी समाज मलेसियाको संयूक्त आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा बिभिन्न कारणले जेल जीवन विताई रहेका ५० नेपालीहरुलाई एनआरएन मलेसियाले नेपाल फर्काउन सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रमलाई उद्घाटन गर्दै राजदूत डा. निरञ्जनमना सिं बस्न्यातले नेपाली विश्वको जुन ठाउँमा भए पनि नेपाली धर्म संस्कृतिलाई भुल्न नसक्ने र एकजुट भई चाड पर्ब मनाउनु खुशीको कुरा भएको बताए । मलेसियाको हरेक संघ संस्था र नेपालीहरु एकजुट भई कार्यक्रम गर्नु पर्नेमा जोड दिदै राजदूतावास जहिले पनि सकारात्मक रहेको औल्याए ।

 

कार्यक्रम संयोजक तथा एनआएनए मलेसियाकि सचिव शुभद्रा लिङदेलले उपस्थिति महिला तथा पुरुषहरु जुनसुकै भए पनि मात्र हामी नेपाली भएको बताईन् । उनिले को बाहुन, को क्षेत्री, को दलीत , को जनजाती हामी सबै नेपालीमात्र कार्यक्रममा देखेको प्रष्ट्याउदै तीज महिलाहरुको पर्ब मात्र नभई सम्पूर्ण नेपालीहरुलाई एक भएर अघि बढ्नु पर्ने सन्देश पनि रहेको बताउँदै उपस्थित सम्पूर्णलाई स्वागत गरिन् ।

11

त्यस्तै कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्ष महेन्द्र जंग शाहले नेपालीहरुको कुनै पनि चाड पर्व तथा सामाजिक काममा एनआरएन मलेसियाको उपस्थिति र सहयोग रहने बताए । उनले एनआरएनएको अधिवेशन हुनु पहिले मलेसियामा अलपत्र नेपालीहरुलाई सक्दो सहयोग गर्दे भावि योजनाका बारेमा पून अन्तरक्रिया गरि केन्द्रलाई यहाँको सम्पूर्ण जानकारी गराउने बताए ।

 

नेपालबाट आमन्त्रित लोक तथा दोहोरि गायिका संझना लामीछाने मगरले आफ्नो तीज गीतबाट दर्शकलाई मनोरञ्जन दिलाईन् । उनले आफू कलाकार मात्र नभई सबैको छोरी चेली भएको भन्दै तीजको गीतमा प्रमुख अथिति राजदूत देखि सम्पूर्ण दर्शकलाई नचाउन सफल भईन । उनले तीज गीत संगै उनको चर्चित गीत फूल फूलेर पहेलै भयो ,,लगायत आधा दर्जन गीत गाएर दर्शकलाई आकर्षित गराईन ।

 

कार्यक्रममा मलेसियन नेपाली चेलीहरुले नृत्य प्रस्तुत गरेका थिए भने नेपाली गीत पनि गाएका थिए । कार्यक्रम संञ्चालिका तथा संञ्चारकर्मी कोपीला गौतमले कार्यक्रममा गजल, मुक्तक तथा चुट्किला प्रस्तुत गर्दै कार्यक्रमलाई रौनकता दिएकि थिईन् । उनले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आगामी बर्ष पनि अझ भव्य रुपले तीज मनाउने बताईन् ।

 

कार्यक्रममा एनआरएन आईसिसि मलेसियाका सदस्य खगेन्द्र न्यौपाने, नेपाली व्यापारी समाजका अध्यक्ष ईन्द्र नारायण लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल