यस्तो बन्दैछ बार्सिलोनाको नयाँ स्टेडियम

चैत २

यस्तो बन्दैछ बार्सिलोनाको नयाँ स्टेडियम

320E231800000578-3483182-image-a-1_1457601715786बार्सिलोना – स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम नाउको पुनर्निमाण गर्ने भएको छ । ४ वर्षभित्र सम्पन्न गर्ने गरी स्टेडियम पुनर्निर्माणको लक्ष्य लिइएको छ । क्लबले स्टेडियमको नयाँ डिजाइनका केही तस्विरहरु सार्वजनिक गरेको हो ।
डिजाइनको टेन्डर दिने मध्ये बार्सिलोनाले जापानी आर्किटेक्ट निकेन सिकेइ र क्याटालान स्टुडियो पासउल आइ औसीयो आर्किटेक्टलाई विजेता घोषणा गरेको छ । सन् २०२१ भित्रमा क्याम नाउलाई १ लाख ५ हजार क्षमताको बनाउने लक्ष्य लिइएको छ । यसलाई पूरा गर्न ६ सय मिलियन युरो लाग्ने बताइएको छ ।
पुनर्निर्माणको दौरान बार्सिलोनाले स्टेडियम छाड्न नपर्ने क्लबले जनाएको छ । स्टेडियम पुर्ननिर्माणमा क्लबको स्पोन्सरको लगानी पनि रहनेछ । जसले गर्दा क्लबको नयाँ नाममा स्पोन्सरको नाम पनि रहनेछ । बाँकी रकम ऋण र क्लबले आर्जन गर्ने आमदानीमा बराबरी बाँडिनेछ ।
हाल बार्सिलोनाको स्टेडियमको क्षमता ९५ हजार रहेको छ ।

320E22AF00000578-3483182-image-a-2_1457601721037 320E22E100000578-3483182-image-a-3_1457601725545 320E228B00000578-3483182-image-a-4_1457601745109

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल