१२ औं सागमा स्वर्ण विजेता खेलाडीलाई पोखरामा सम्मान गरिने

चैत २

१२ औं सागमा स्वर्ण विजेता खेलाडीलाई पोखरामा सम्मान गरिने

पोखरा – भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद ( साग ) मा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई पोखरामा सम्मान गरिने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा विजय ¥याली सहित खेलाडीहरुलाई सम्मान गर्न लागिएको हो ।sammman
सहारा क्लबले मंगलवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार चैत्र ६ गते बृहत विजय ¥याली सहित स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गरिनेछ । खेलाडीलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गरिने क्लबका महासचिव केशब राज वरालले जानकारी दिए ।

पोखराको चिप्लेढुङ्गाबाट सुरु हुने विजय ¥यालीमा विभिन्न संघसंस्था , नौमति बाजा र सास्कृतिक झाकी सहित सम्मान कार्यक्रममा परिणत हुने क्लबले जनाएको छ । विजेता खेलाडीलाई सहारा क्लब पोखरा, सहारा युके , हङकङ, सहारा क्लब अष्ट्रेलियाले नगद प्रदान गर्ने कार्यक्रम छ ।
१२ औं साग गेममा नेपालको तर्फबाट उसुमा निमा घर्तिमगर र जुडोमा फूपु ल्यामु खत्री तथा पुरुष फुटवल टिमले स्वर्ण पदक जितेको थियो । कार्यक्रम सम्पन्न गर्न क्लबका अध्यक्ष बिरभद्र आचार्यको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल