कटारी गोल्ड कप : दोस्रो दिनको खेलमा फ्रेन्स क्लब विजयी

चैत १  |   तुलसी प्रसाद कोइराला

कटारी गोल्ड कप : दोस्रो दिनको खेलमा फ्रेन्स क्लब विजयी

IMG_4659उदयपुर – उदयपुरको कटारी नगरपालिकामा संचालित दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज सम्पन्न खेलमा फ्रेन्स क्लव, विआरसी भुटानले जीत हाँसिल गरेको छ ।

फ्रेन्स क्लब भुटान र बनेपा व्वाईज क्लब बीच निकै रोमान्चक तथा प्रतिस्पधात्मक खेलमा फ्रेन्स क्लब भुटानले बनेपा व्वाईज क्लबलाई २ गोलले पराजित गरेको हो ।

फ्रेन्स क्लव भुटानका जर्सी नम्बर ७ का खेलाडी धिरज तामाङले दोस्रो हाफको ४६ औं मिनेटमा नै पहिलो गोल गरेका थिए । लगत्तै ५८ औं मिनेटमा फ्रेन्स क्लब खेलाडी जर्सी नम्बर १३ का रुपेस केसीले दोस्रो गोल गर्दै फ्रेन्स क्लबलाई दुई गोलको अग्रता दिलाएका थिए । तर बनेपा व्वाईज क्लबका १२ का भिक्टरले खेलको ७५ औं मिनेटमा फ्रेन्स क्लबको पोष्टमा गोल गरे पनि जित हाँसिल गर्न सकेनन ।

पहिलो हापमा फ्रेन्स क्लब भुटान र बनेपा ब्वाईज विच निकै प्रतिस्पर्धात्मक खेल भए पनि कुनै टिमले गोल गर्न सकेनन । प्रतियोगिताको पहिलो म्यान अफ दी म्याच फ्रेन्स क्लबका जसी नं. ५ रवि सिलवाल घोषित भए ।
मंगलबारको खेल शसस्त्र प्रहरी क्लव (एपिएफ) र मोरङ ११ विच हुने आयोजकले जनाएको छ ।

सिभिल होम्स काठमाडौंको मुख्य प्रायोजन तथा कटारी नगरपालिका र साथी समुह कटारीको सहयोगमा गोल्डकप सन्चालन भएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल