ज्लाटानले भने, ‘आइफिल टावरको साटो मेरो मूर्ति बनाए मात्र पीएसजीमा बस्छु’

चैत १

ज्लाटानले भने, ‘आइफिल टावरको साटो मेरो मूर्ति बनाए मात्र पीएसजीमा बस्छु’

3228076F00000578-0-image-a-84_1457910813961पेरिस – स्वीडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन क्लब छाड्ने भएका छन् । क्लबलाई लगातार चौंथो लिग जिताएका इब्राहिमोविचले सो कुरा बताएका हुन् ।
३४ वर्षीय खेलाडीले भने, ‘म पिएसजीमा अर्को सिजन हुन्न । यहाँ अब मेरो साढे एक महिना बाँकी छ ।’
उनले आइफिल टावरको साटो आफ्नो मुर्ति बनाए मात्र पेरिसमा बस्ने बताएका छन् । उनी प्रिमियर लिग वा अमेरिकाको मेजर लिग सकर जाने हल्ला छ ।
यता, क्लबका अध्यक्ष नासेर अल खेलाफीले भने जुनमा इब्राहिमोविचको करार सके पनि उनी क्लबमा रहोस् भन्ने आफूले चाहेको बताएका छन् ।
आठ खेल बाँकी छँदै पिएसजीलाई लिग उपाधि
आइतबार राती लिगको पुछारमा रहेको क्लब ट्रोयेसलाई पराजित गर्दै पिएसजीले फ्रेन्च लिगको उपाधि जितेको छ । पिएसजीको यो छैंटौं लिग उपाधि हो ।
खेलमा पिएसजीले ९–० को विशाल जित हासिल गर्यो । ज्लाटानले चार गोल गरे भने काभानीले दुई गोल गरे । त्यस्तै, ह्याभियर पास्टोर र एड्रीयन रेबिटले एक–एक गोल गरे । म्याथ्यु सौनियरले आत्मघाती गोल गरे ।
लरेन्ट ब्लांकको टोलीले ३० खेलमा १ मात्र खेलमा हार बेहोर्दै ८ खेल अगावै लिग उपाधिमा कब्जा गरेको हो ।
घरेलु लिगमा लगातार सफलता हात पारे पनि युरोपियन क्लबमा भने पीएसजीले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।
यस सिजन चेल्सीलाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल