डिफेन्डिङ च्याम्पियन आर्सनल एफए कपबाट बाहिरियो

चैत १

डिफेन्डिङ च्याम्पियन आर्सनल एफए कपबाट बाहिरियो

32278F9A00000578-3490171-image-a-32_1457880545277लण्डन – डिफेन्डिङ च्याम्पियन आर्सनल वाटफोर्डसँग पराजित हुँदै बाहिरिएको छ । आइतबार राती भएको खेलमा आर्सनल २–१ गोलअन्तरले पराजित गरेको हो ।
आर्सनललाई पराजित गर्दै वार्टफार्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।
वाटफोर्डलाई जीत दिलाउने क्रममा ओडिओन इघलो र एडलेन ग्वोडिओराले एक–एक गोल गरे । आर्सनलका लागि एक मात्र गोल ड्यानी वेलब्याकले गरे । खेलको अन्त्यमा उनले अर्को सुन्दर अवसर गुमाए ।
हारसँगै यस सिजन कुनै पनि ट्रफी जित्ने आर्सनलको सम्भावना लगभग सकिएको छ ।
उता, एन्टेनियो मार्सियलले खेलको अन्त्यतिर बराबरी गोल गर्दै वेस्ट ह्यामविरुद्ध एफए कपको क्वाटरफाइनलको रिप्ले गराउन सफल भएको छ ।
डिमिट्री पायेटले फ्रिकिक मार्फत वेस्ट ह्यामलाई अग्रता दिलाए पनि मार्सियलले युनाइटेडलाई खेलमा फर्काए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल