जर्मन लिगमा खेलको दौरान समर्थकको निधन

चैत १

जर्मन लिगमा खेलको दौरान समर्थकको निधन

_88753792_dortmund_gettyम्युनिख – आइतबार बुन्डेस लिगाअन्तरगत भएको बोरुसिया डर्टमण्ड र माइन्जविरुद्धको खेलको दौरान एक डर्टमण्डका समर्थकको निधन भएको छ । खेलको दौरान एक्कासी बिरामी परेको ती समर्थकको निधन भएको छ ।
क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा एक समर्थकको निधन भएकोमा हामी अत्यन्त दुःखी छौं । त्यस्तै अर्को घटनामा एक समर्थकलाई अस्पताल भर्ना गर्नुपरेको छ ।’
निधनको खबर फैलिएपछि क्लबका समर्थकहरुले बाँकी खेल मौन भएर हरेका थिए । खेलमा डर्टमण्ड २–० ले जीतेको थियो ।
दुई फरक घटनामा एक फ्यानको निधन भएको र अर्को फ्यानलाई अस्पताल भर्ना गर्नुपरेको क्लबले जनाएको छ । ‘दोस्रो समर्थकको स्थिति स्थिर रहेको खबर छ,’ क्लबले बताएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल