कटारी गोल्डकप : उद्घाटन खेलमा आयोजक कटारी ११ बिजयी

३० फागुन  |   तुलसी प्रसाद कोईराला

कटारी गोल्डकप : उद्घाटन खेलमा आयोजक कटारी ११ बिजयी

उदयपुर – उदयपुरको कटारी नगरपालिकामा आईतबारदेखि सुरु सिभिल होम्स दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुवात गरेको छ ।
गाईघाट फुटबल क्लव र कटारी–११ बीच भएको उद्घाटन खेलमा कटारी ११ ले गाईघाट फुटबल क्लवलाई ० को विरुद्ध ३ गोलले पराजित गरेको हो ।

katari
कटारीका जर्सी नम्बर १० का खेलाडी टंक लामाले दोस्रो हाफको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए । लगत्तै ६२ औं मिनेटमा गाईघाटको खेलाडीको तर्फबाट डि बक्समा फल भएपछि पाएको पेनाल्टीलाई कटारीकै जर्सी नम्ब १० का लामाले गोलमा परिणत गरी दोस्रो गोल गर्न सफल भए । खेलको ८० औं मिनेटमा पुन गाईघाटको खेलाडीले डिबक्समा अर्को फल गरेपछि पाएको पेनाल्टीलाई जर्सी नम्बर १० कै लामाले तेस्रो गोलमा परिणत गरेका थिए । यो संगै लामाले खेलमा ह्याट्रिक गरेका थिए ।
पहिलो हापमा कटारीले गाईघाटलाई दवावमा राखे पनि कसैले पनि गोल लगाउन सकेन । प्रतियोगिताको पहिलो म्यान अफ दी म्यास कटारी–११ का जर्सी नम्बर का खेलाडी टंक लामा घोषित भए ।
गोल्डकपको उद्घाटन नेपाल सरकार आपूर्ती मन्त्री गणेशमान पुनले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सरकारले दिर्घकालिन हिसावले एउटै बजारमा भर नपरेर अब मित्र राष्ट चिन सँग समेत चाडै व्यापार तथा पारवहन सम्झौता हुन लागेको खुलासा गरे ।
मुल आयोजक समितिका संयोजक विनोद कटुवालका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख २५ हजार रुपैया, दोस्रोलाई पचहत्तर हजार नगद पुरस्कार, शिल्ड र प्रमाणत्र प्रदान गरिनेछ ।
सिभिल होम्स काठमाडौंको मुख्य प्रायोजन तथा कटारी नगरपालिका र साथी समुह कटारीको सहयोगमा गोल्डकप संचालन भएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल