पेनाल्टीमा अभागी बार्सिलोना : फेरि चुके मेस्सी

फागुन ३०

पेनाल्टीमा अभागी बार्सिलोना : फेरि चुके मेस्सी

बार्सिलोना – यस सिजन बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ, तर पेनाल्टीलाई गोलमा परिणत गर्ने मामिलामा भने बार्सिलोना अभागी रहँदै आएको छ । शनिबार राती गेटाफेमाथि बार्सिलोनाले ६–० को विशाल जीत दर्ता गर्यो । तर, फेरि अर्को पेनाल्टीलाई गोलमा परिणत गर्नबाट भने चुक्यो ।
321FE0D300000578-3489194-image-a-108_1457799328144यसपटक गोल हान्न आएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी गोल गर्नबाट चुके । बार्सिलोनाले यस सिजन ला लिगामा मात्र ८ वटा पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुकेको छ ।
यद्यपि, पेनाल्टीमा चुके पनि खेलमा नायक भने मेस्सी नै रहे । उनले खेलमा एक गोल गरे भने तीनवटा गोलको अवसर सृजना गरे । बार्सिलोनाको जीतमा नेयामारले दुई तथा मुनिर एल हडिडी, मेस्सी र आर्डा टुरानले एक–एक गोल गरे । एक गोल हुवान रोड्रिग्वेजले आत्मघाती गोल गरे ।
स्पेनिस ला लिगामा बार्सिलोनाको यो लगातार १२ औं जित हो । बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगमा आर्सनलको सामना गर्दैछ ।
जीतपछि बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाए पनि पछि डिर्पोटिभो ला कोरुनालाई ३–० ले पराजित गर्दै एथ्लेटिको म्याड्रिडले बार्साको अग्रतालाई ८ अंकमा झारेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल