सेक्स टेप प्रकरणमा बेन्जेमालाई राहत

फागुन २८

सेक्स टेप प्रकरणमा बेन्जेमालाई राहत

valbuena-benzema-france_19b5jycrmr5gu1cheh5kqkan6rपेरिस – सेक्स टेप प्रकरणमा फ्रान्सका स्टाइकर करिम बेन्जेमालाई राहत मिलेको छ । आफ्नै सहकर्मीविरुद्ध ब्ल्याकमेलिङ गरेको भन्दै प्रतिबन्ध खेपिरहेका बेन्जेमालाई भर्सालिस अदालतले नयाँ फैसला सुनाउँदै राहत दिएको हो ।
फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी म्याथु भाल्बुएनाको सेक्स टेप बनाएर ब्ल्याकमेलिङ गरेको आरोप बेन्जेमामाथि लागेको छ । यही प्रकरणमा बेन्जेमालाई भाल्बुएनासँग भेट्न अदालतले प्रतिबन्ध लगाएको थियो । जसको कारण बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीबाट हटाइएका थिए ।
तर, भर्सालिस अदालतका न्यायाधीस नाथाली बोटार्डले सो प्रतिबन्ध हटाइएको छ । बेन्जेमा गत फेब्रुअरीदेखि प्रतिबन्धित थिए ।
योसँगै युरो २०१६ मा फ्रान्सको टोलीमा पुनः पर्न सक्ने सम्भावना बढेको छ । ‘करिम निकै खुसी छन्,’ करिमका वकिलले निर्णयपछि भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको अझै उनी दोषी छैनन् भन्ने प्रमाणित गर्नु हो ।’
रियल म्याड्रिडका स्टारलाई पुनः राष्ट्रिय टोलीमा बोलाउने वा नबोलाउने भन्ने विषयमा फ्रान्सको फुटबल फेडरेसनले लिने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल