नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

फागुन २८

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

12799000_809508045862767_2026109749921284167_nकाठमाडौं – नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मेलेसियाको फुटबल संघले शुक्रबार खेल खेल्नका लागि सहमती जनाएको हो ।
नेपालको राष्ट्रिय टोलीले मार्च २७ मा मलेसियाको अन्डर २२ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीमा अधिकांश दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडी सहभागी हुने एन्फाले जनाएको छ ।
नेपालका नयाँ प्रशिक्षक ग्योटुकी कोजीले टोलीको नेतृत्व गर्नेछन् । उनी हाल सिमरामा फुटबल खेलाडीहरुको बारेमा जानकारी लिनका लागि रहेका छन् । उनी आइतबार काठमाडौं आएर प्रशिक्षण शुरु गर्ने र शुरुवाती टोलीको घोषणा गर्ने एन्फाले बताएको छ ।
त्यस्तै मे महिनामा नेपाल र मलेसियाको राष्ट्रिय टोलीबीचको खेल पनि मार्च २९ मा हुने बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल