युरोपा लिग : कमजोर युनाइटेडमाथि लिभरपुलको जित, टोटनहम स्तब्ध

फागुन २८

युरोपा लिग : कमजोर युनाइटेडमाथि लिभरपुलको जित, टोटनहम स्तब्ध

_88691532_sturridge_penalty_reutersलिभरपुल – युरोपा लिगको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । बिहिबार राती लिभरपुलको घरेलु मैदानमा लिभरपुलले २–० को जित निकालेको हो ।
निकै कमजोर प्रदर्शन गरेको युनाइटेडमाथि जर्गन क्लपको टोलीले खेल अवधिभर दबाब राख्यो । युरोपको प्रतियोगितामा पहिलो पटक दुई टोली भिडेको हो ।
लिभरपुललाई जित दिलाउन ड्यानियल स्टरिजले खेलको २० औं मिनेटमा अग्रता दिलाए भने खेलको दोस्रो हाफमा रोबर्टो फर्मिन्होले १७ मिनेट बाँकी छँदा दोस्रो गोल थपे । फर्मिन्होको यो लगातार तीन खेलमा तेस्रो गोल हो ।
युनाइटेडका गोलकिपर डेभिड डिगेयाले लिभरपुलको धेरै प्रयास विफल बनाएका थिए । उनी नभएको भए युनाइटेड अझै पछि पर्ने थियो । युनाइटेडले यति कमजोर प्रदर्शन गर्यो, खेल अवधिभर लिभरपुलको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो ।
दोस्रो लेग १७ मार्चमा ओल्ड ट्राफोडमा हुनेछ ।
उता, प्रिमियर लिगलाई ध्यानमा राख्दै दोस्रो रोजाईको टोली उतारेको टोटनहम हटस्पर्स जर्मन क्लब बोरुसिया डर्टमण्डसँग स्तब्ध बनेको छ । पहिलो लेगमा स्पर्स ३–० ले पराजित बनेको हो ।
डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा पियरे एमरिक अम्बामेयाङले एक तथा मार्को रियसले दुई गोल गरे ।
लिगको दोस्रो स्थानमा रहेको टोटनहमले प्रिमियर लिगलाई प्राथमिकतामा राख्दै दोस्रो रोजाईको खेलाडी उतारेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल