अन्तर विद्यालय राष्ट्रिय फुटबलको उपाधि स्कलर्स होम एकेडेमीलाई

फागुन २७  |   राजेन्द्र आचार्य

अन्तर विद्यालय राष्ट्रिय फुटबलको उपाधि स्कलर्स होम एकेडेमीलाई

 

 

12834586_1046822252026246_753584615_n (1)चितवन – तेस्रो अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता २०७२ को उपाधि स्कलर्स होम एकेडेमी रुपन्दहीले जितेको छ । चितवनको भरतपुरमा भएको फाइनल खेलमा माइलस्टोन इंगलिस बोर्डिङ स्कुल कञ्चनपुरसँग स्कलर्स होमले बराबरी खेलेपछि ट्राइबेकरमा स्कलर्स होम विजयी टिम छनौट गरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोलरहित बराबरी खेलेपछि ट्राइबेकरमा स्कलर्स होम एकेडेमीले २ गोलका विरुद्ध ४ गोल गर्दै उपाधि चुम्न सफल भएको हो । जितसँगै स्कलर्स होमले नगद २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । उप विजेतामा चित्त बुझाउन बाध्य भएको माइल स्टोन बोर्डिङ स्कुलले १५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।

प्रतियोगिताका हाइ गोल स्कोरर स्कलर्स होमका अनुप गुरुङ भएका छन् । त्यसैगरी, बेष्ट प्लेयर माइल स्टोन ई. बोर्डिङ स्कुलका भोजराज पन्त भएका छन् भने बेष्ट गोल किपरको उपाधि स्कलर्स होमका खेलाडी किरण क्षेत्रीले हात पारे ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले रहेका थिए ।

गत वैशाखमा हुनुपर्ने दोस्रो अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता नेपालमा आएको भूकम्पका कारण रोकिएको थियो ।
भूकम्पले पछि धकेलेको प्रतियोगिता मंगलबारदेखि चितवनमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा जिल्ला, अञ्चल र क्षेत्रस्तरबाट विजयी भएर आएका १२ जिल्लाका १२ वटा विद्यालयका टिम सहभागी थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल