पद्मोदय भलिबलको फाइनल आज

फागुन २६

पद्मोदय भलिबलको फाइनल आज

B1-IMG_4130भरतपुर–विभागीय टिम नेपाल पुलिस क्लब र भारतको बीएमडब्लु चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्दैछन् । हिजो भएको सेमीफाइनल खेलमा विजयी हुँदै यी दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् ।

उपाधिका लागि आज दिउँसो साढे १२ बजे भिडन्त हुँदैछ । त्यसअघि तेस्रो स्थानका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बंगलादेशको डब्लुडीबीसँग खेलिरहेको छ ।

महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको फाइनल जित्नेले डेढ लाख पाउनेछ । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने आयोजक पद्मोदय युवा क्लबका प्रवक्ता विकास कार्कीले जानकारी दिए ।

हिजो भएको सेमीफाइनलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमीफाइनलमा बीएमडब्लुले बंगलादेशको डब्लुडीबीलाई ३–१ ले नै पराजित गरेको हो ।

नेपाल पुलिसले एपीएफलाई २५–१८, २५–२१, १६–२५ र २६–२४ ले हरायो । दोस्रो सेमीफाइनलमा बीएमडब्लुले डब्लुडीबीलाई २५–१२, १९–२५, २५–१९ र २५–१७ को सेटमा पराजित ग¥यो ।
प्रतियोगितामा ६ टिम सहभागी थिए । त्यसमध्ये भुटानको साम्ची स्पोर्टस् क्लब र नेपाल आर्मी क्लब समूह चरणबाटै बाहिरिए ।
प्रतियोगिताको समापन आजै पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम रहेको छ । समापन कार्यक्रम दिउँसो २ बजेका लागि तय गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल