लासिथ मालिङगाले श्रीलंकाको कप्तानी छाडे

फागुन २५

लासिथ मालिङगाले श्रीलंकाको कप्तानी छाडे

_88631841_malinga1_gettyकोलम्बो – श्रीलंकाका कप्तान लासिथ मालिङगाले टी–२० विश्वकपमा आफ्नो देशको खेल सुरु हुन अगावै कप्तान पदबाट राजिनामा गरेका छन् । यसअघि उनले एशिया कपमा श्रीलंकाको कप्तानी गरेका थिए । तर, एशिया कपमा श्रीलंकाले भारत, पाकिस्तान र बंगलादेशसँग पराजय व्यहो¥यो ।
३२ वर्षका मालिङगा घुडाँको समस्याबाट ग्रस्त छन् । तर उनले १७ मार्चमा समूह चरणको खेल सुरु हुनअघि फिट हुने आशा राखेका छन् । मालिङाको स्थानमा अब एन्जेलो माथियूसले श्रीलंकाको कप्तानी गर्नेछन् ।
उनी श्रीलंकाको टेस्ट टोलीका समेत कप्तान हुन् । श्रीलंकाका खेलकुद मन्त्रीले क्रिकेटका छनोटकर्ताहरुलाई बर्खास्त गर्दै पूर्व खेलाडी अरविन्द डी सिल्भाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको केही घण्टाभित्रै मालिङगाले कप्तान पदबाट राजीनामा गरेका हुन् ।
यसअघि श्रीलंकाले गत संस्करणको टी–२० विश्वकप जितेको थियो । त्यसयता, टोलीका दुई महत्वपूर्ण ब्याट्सम्यान कुमार सांगाकारा र महेला जयवद्र्धनेले सन्यास लिइसकेका छन् । श्रीलंका अहिले टी–२० वरियतामा आठौं स्थानमा झरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल