नाटकीय खेलमा लिभरपुल विजयी, युनाइटेड पराजित

फागुन २४

नाटकीय खेलमा लिभरपुल विजयी, युनाइटेड पराजित

_88608778_1pabentekeलिभरपुल – १० खेलाडीमा सिमित लिभरपुले क्रिस्टल प्यालेसविरद्ध नाटकीय जित निकालेको छ । आइतबार सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल विजयी बनेको हो ।
प्यालेसले जोइ लेड्लीको गोलको मद्दतले अग्रता लिएको थियो । एक गोलले पछि परेको अवस्थामा जेम्स मिल्नरले रातो कार्ड खाँदै बाहिरिएपछि लिभरपुल थप दबाबमा परेको थियो ।
तर, प्यालेसका गोलकिपरको गल्तीको फाइदा उठाउँदै रोबर्टो फर्मिन्होले लिभरपुललाई खेलमा फर्काए । खेलको अतिरिक्त समयमा क्रिस्टियन बेन्टेकेले पाएको पेनाल्टीको फाइदा उठाउँदै लिभरपुललाई नाटकीय जीत दिलाए ।
प्यालेसले पछिल्ला १२ खेलमा जीत हासिल गर्न सकेको छैन ।
उता, १० खेलाडीमा सिमित बनेको म्यान्चेस्टर युनाइटेड भने वेस्ट ब्रोमसँग पराजित बनेको छ । ३२ वर्षमा वेस्ट ब्रोमले युनाइटेडलाई पहिलो पटक पराजित गरेको हो ।
वेस्ट ब्रोमलाई जित दिलाउन सालामोन रोन्डोनले निर्णायक गोल गरे । हुवान माटाले खेलको २६ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल