बार्सिलोनालाई ८ अंकको अग्रता, पछ्याउँदै एथ्लेटिको

फागुन २४

बार्सिलोनालाई ८ अंकको अग्रता, पछ्याउँदै एथ्लेटिको

31ED296B00000578-0-image-a-40_1457280680157बार्सिलोना – इबारलाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता कायम राखेको छ । आइतबार राती भएको खेलमा बार्सिलोना ४–० गोल अन्तरले विजयी बन्यो ।
बार्सिलोनालाई जीत दिलाउने क्रममा लियोनेल मेस्सीले दुई तथा मुनिर एल हडिडी र लुइस सुवरेजले १–१ गोल गरे । योसँगै बार्सिलोनाको ‘एमएसएन’ मेस्सी, सुवारेज र नेयमारको गोलसंख्या १ सय पुगेको छ ।
जीतसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई ३६ पुर्याएको छ ।
२८ खेलपछि बार्सिलोनाको ७२ अंक रहेको छ ।
31F002A600000578-0-image-a-51_1457298575616दोस्रो, स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई पराजित गर्दै लिगमा बार्सिलोनामाथि दबाब कायम राखेको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा एन्टोनी ग्रिजमानले एथ्लेटिकोलाई अग्रता दिलाए पनि डेनिस चेर्सेभले त्यसको चार मिनेटपछि नै एथ्लेटिकोलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफमा फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिकोलाई पुनः अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा एन्डरलान सान्तोषले रातो कार्ड खाँदै मैदान छाडेपछि भ्यालेन्सिया १० खेलाडीमा सिमित बनेको थियो । त्यसको फाइदा उठाउँदै यानिक कारास्कोले गोल गर्दै एथ्लेटिकोलाई ३–१ को जीत दिलाए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल