तिजको अवसरमा शुभकामना सहित चेलीलाई दर

  |   नबराज वि.क

तिजको अवसरमा शुभकामना सहित चेलीलाई दर

दोहा–हिन्दुधर्मावलम्बी नारीहरु को पर्व हरितालिका तिजको अवसर मा कतारमा रहेका नेपाली महिलाहरुलाई समेट्दै समुहिक रुपमा नेपाल प्रवास जातीय भेदबाव उन्मुलन साझा मञ्च कतार ले गत शुक्रबार दोहामा शुभकामना आदानप्रदान सहित नेपाली चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

 

3 (4) 1 (8) 6 (1)मञ्च अध्यक्ष भिम सुनारको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईको प्रमुख आतिथ्यमा औपचारिक रुपमा शुरुवात गरिएको कार्यक्रममा पत्रकार उषा बाग्ले गौतम ,समाजसेबी तथा साझा मञ्चका प्रमुख सल्लाहकार गणेश परियार शिवा,सल्लाहकारहरु नबराज बि क,चोलाकान्त बिक, गोप सुनार, प्रेस चौतारी कतार सचिब दिलकुमार श्रेष्ठ, दलित एकता सन्जाल अध्यक्ष ईन्दु लावार, समाजसेबी डि।बि सुनाम,चिन्तामणि पौडेल, दलित एकता सजालका महासचिब कृष्ण घायल विश्वकर्मा लोक दोहोरी गायक रित कुमार श्रेष्ठ , महिला समाजसेवी सुस्मिता भुषाल, पत्रकार शिव अधिकारी,लगायतको आतिथ्यता रहेको थियो ।
औपचारिक रुपमा कार्यक्रमको शुरुवातमा सभापति लेदिप प्रज्वलन तथा ब्यानर अनावरण गरि समुद्घाटन गरिएको थियो । मञ्चका बरिष्ठ उपाध्यक्ष पुर्ण नेपाली ले स्वागत मन्तब्यबाट सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन करण शिलबाल र अर्जुन घिमिरे ले सयुक्त रुपमा गरेका थिए ।
नेपाली परिकार लगायत विभिन्न परिकारहरु ले चेलीबेटीहरु लाई दर खुवाइएको थियो । प्रवासको ठाउमा समेत नेपालको तिर्सना दिने गरी आयोजकले कार्यक्रमलाई ब्यवस्थित गरेका थिए । स्थानीय कलाकार दिदि बहिनीहरुको नृत्य सगै बिचमा गायनलाई पनि जोडिएको थियो ।
अर्जुन घिमिरे सुसार र फुल कुमारी तामाङ बीचको “अब त चाईने जो मेरै पाली हो ।” बोलको तिज गीतमा दोहोरी समेत चलेको थियो । साथैईन्दु लवार ,कृष्ण घायल ,सन्जय बिसी ,रमेश सुवेदी ,बिजय रानापैली लेप्रस्तुति दिएका थिए । कार्यक्रममा साझा मञ्च दोहा कतारका कोषाध्यक्ष पदम बहादुर बिश्वकर्मा तनहुँ सेवा समाजको उपाध्यक्ष निर्वाचित भएको मा सम्मान गरिएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल