एक प्लेट मोःमो विवादमा तेक्वान्दो खेलाडीको हत्या

फागुन २३

एक प्लेट मोःमो विवादमा तेक्वान्दो खेलाडीको हत्या

नयाँ दिल्ली – एक प्लेट मोःमो को विषयमा विवाद हुँदा एक १९ वर्षीय तेक्वान्दो खेलाडीको हत्या भएको छ । भारतको नयाँ दिल्लीमा भएको घटनामा ती खेलाडीको टाउको सिसाको बोतलले प्रहार गरी, सिसाको टुक्राले घाँटी रेटेर हत्या गरिएको हो ।
_cf8225d8-e30d-11e5-aad2-a48cf0f6d9d5दिल्लीको रोहिनी क्षेत्रमा गत बिहिबार राती उक्त घटना भएको खुलासा भएको छ । प्रहरीका अनुसार अरुन नाम गरेका ती खेलाडी आफ्नो साथी रंजितसँग चिनेजानेको पसलमा खाजा खान गएका थिए । पसलका मालिकसँग उनीहरुको राम्रो चिनजान पनि थियो । तर, एक प्लेट मोःमो को पैसा तिर्ने विषयमा विवाद भएपछि रेस्टुरेन्टका मालिकले अरुनमाथि हमला गरेका थिए ।
अरुनमाथि हमला गरेर रेस्टुरेन्टका मालिकले जयपुर गोल्डन अस्पताल नजिकै फालेका थिए । कसैले उसको अनुहार नचिनोस् भनेर अनुहार ढुंगाले किचेका थिए । अरुनको साथी रंजितले समेत रेस्टुरेन्टका मालिकलाई सघाएका थिए । पछि अरुनको हातमा भएको ट्याटुले उनको पहिचान गरिएको थियो ।
अरुनका परिवार प्रहरीसमक्ष पुगेपछि यस घटनाको खुलासा भएको थियो । उनीहरुले शनिबार बिहान प्रहरीमा उजुरी दर्ता गराएका थिए । शुरुमा अरुन साथीको घरमा सुत्नु गएको सोचे पनि पछि अरुनको फोन स्वीच अफ पाए पछि अत्तालिएका थिए । उनीहरुले नै अरुन रंजितसँग मोःमो खान जाने भनेर बाहिर निस्केको बयान दिएका थिए ।
अरुनको शव शुक्रबार नै फेला परेपनि उनको पहिचान हुन सकेको थिएन । रंजितलाई प्रहरीले पक्राउ गरेको छ भने रेस्टुरेन्टका मालिक फरार छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल