माइती नेपालद्वारा तीन महिला खेलाडीको सम्मान

फागुन २३

माइती नेपालद्वारा तीन महिला खेलाडीको सम्मान

काठमाडौँ– खेलकुदका माध्यमबाट राष्ट्रको गरिमा वृद्धिमा अतुलनीय योगदान गरेका खेलकुद क्षेत्रका तीन अग्रणी महिलालाई मानव बेचबिखनविरुद्ध सङ्घर्षरत माइती नेपालले आज सम्मान गरेको छ ।

सम्मानित हुनेमा सङ्गीना वैद्य, तुलसा सिंह र देवु थापा छन्  । एक सय छैटौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख पूर्वसभामुख दमननाथ ढुङ्गानाले महिला सशक्तीकरणका निम्ति राष्ट्र लाग्नुपर्नेमा जोड दिए ।

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले महिला समानताका लागि छोरासरह छोरीलाई पनि शिक्षादीक्षा दिन अभिभावक लाग्नुपर्ने बताइन् ।
संस्थाका निर्देशक विश्वराम खड्काले माइती नेपालका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा उक्त संस्थाका चेलीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल