अध्यक्ष मल्लमाथि भएको हातपातको प्रयास र पत्रकार श्रेष्ठमाथि भएको भौतिक आक्रमणको महासंघद्वारा  भर्त्सना

अध्यक्ष मल्लमाथि भएको हातपातको प्रयास र पत्रकार श्रेष्ठमाथि भएको भौतिक आक्रमणको महासंघद्वारा  भर्त्सना

टोकियो – एनआएन जापानको हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा मतगणनाको लाइभ समाचार संप्रेषणमा खटिएका पत्रकारमाथि भएको हातपात एवं ज्यादतीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ जापान शाखाले  निन्दा एवं भर्त्सना गरेको छ ।
आइतवार दिउँसोदेखि रातभर लाईभ समाचार संप्रेषणमा खटिएका नेपाल सन्देश डट कमका पत्रकार रविन्द्र श्रेष्ठमाथि मदन पाठक, विक्रम खत्री, कुमार पुरी, टिका छन्त्याल, यज्ञराज श्रेष्ठको समुहले गरेको भनिएको भौतिक आक्रमण र अमानवीय कार्यको महासंघले घोर भर्त्सना गरेको हो ।
महासंघले एक बिज्ञप्ती जारी गर्दै मिडिया म्यासेज प्रा. लि. का अध्यक्ष तथा प्रकाशन समेत रहेका पत्रकार श्रेष्ठमाथि सोमवार बिहान करिव ४ बजेतिर मतगणना स्थलभन्दा बाहिर भएको सांघातिक हमला प्रेसमाथिको नाङ्गो हस्तक्षेप भन्दै घोर बिरोध गरेको छ । महासंघले घटनाको छानबिन गरी संलग्न दोषीहरुमाथि कार्वाहीको माग पनि गरेको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – एनआएन अभियानलाई संसारभरि बिकास र बिस्तार गर्न डायस्पोराका पत्रकारहरुले खेल्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण रहेको कुरा घामजस्तै छर्लङ्ग छ । एनआएन अभियानमा सहकार्य गर्दै आएका डायस्पोराका पत्रकारमाथि अभियानका अग्रज ब्यक्तिहरु रहेको मतगणना स्थलनजिकै भएको भौतिक आक्रमण र आक्रमणको प्रयास अत्यन्त निन्दनीय र खेदजनक छ । बिश्वब्यापी सञ्जालमा फैलिएको संस्था एनआरएन जापानको जिम्मेवार पदमा विजयको माला पहिरिदैं गरेका एक जिम्मेवार ब्यक्तिले सार्बजनिकरुपमै महासंघका सम्मानित अध्यक्ष श्री तिलक मल्ल माथि आक्रमणको प्रयास गरिनु घोर आपत्तिजनक छ । घटनाको उचित छानबिन गरी दोषीमाथि कडा कार्वाही गर्न जोड्दार माग गर्दछौं ।
नागरिकको सूचनाको हक र स्वतन्त्रताका लागि अहोरात्र खटिरहने पत्रकारहरुको सार्बजनिक ठाउँमै जिउधनको सुरक्षा नहुनु गम्भीर चिन्ताको बिषय हो । पत्रकारहरुका तर्फबाट पनि कुनै पनि बिषयमा त्रुटीहरु भएका छन् भने त्यसको उपचार गर्ने कानुनी बाटो हुँदा हुँदै अभियानका एक जिम्मेवार ब्यक्ति नै भौतिक आक्रमणमा उत्रेर जापानको नेपाली समुदायमा आतंक फैलाईनुले एनआरएन जापानमाथि एक गम्भीर प्रश्नचीन्ह खडा गरेको छ । घटनाको छानबिन गरी यसप्रकारको गतिबिधि भविष्यमा दोहोरिन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै यस प्रकारका अमानवीय गतिबिधिको बिरुद्ध एकजुट भएर अगाडि बढ्न जापानमा रहेका समस्त पत्रकारहमा हार्दिक अपिल गर्दछौं ।
महासंघका उपाध्यक्ष प्रकाश पौडेल माइला र सचिव नारायणी आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सूचनाको हक र प्रेस स्वतन्त्रताका लागि लड्ने पत्रकारहरुको सुरक्षामा चुनौती थपिएको भन्दै साथ दिन जापानबासी न्यायप्रेमी नेपाली समुदायमा

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल