गैरआवासीय नेपाली सङ्घ जापानमा थापा विजयी

भदौ २८

गैरआवासीय नेपाली सङ्घ जापानमा थापा विजयी

जापान  – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानमा सुदन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

मत परिणामअनुसार दुई प्रतिद्वन्द्वी चिरञ्जीवी थापाले ७२७, नरबहादुर थापाले ५७९ मत ल्याएका छन् । विजयी थापाले ८९२ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा टासी लामा, टङ्कप्रसाद गैरे र देवीलाल भण्डारी विजयी भएका छन् । उनीहरुले सङ्गीता अधिकारी र ऋद्धिन्द्र गिरीलाई हराउँदै विजयी भएका हुन् ।

महासचिवमा अनुज थापा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सरोज खत्री थिए । सचिवमा विष्णुप्रसाद घिमिरेलाई हराउँदै बुद्धिराज घिमिरे विजयी भएका छन् ।
कोषाध्यक्षमा पे्रमप्रसाद कँडेललाई हराउँदै दीपक थापा विजयी भएका छन् । अघिल्लो कार्यसमितिमा पनि थापा कोषाध्यक्ष थिए ।

दुई वर्षे कार्यकालका लागि दुई पटकमा गरी भएको निर्वाचनपछि निर्वाचित हुने सदस्यहरु सविता श्रेष्ठ, नारायणप्रसाद अधिकारी, रामथापा अनिल, नन्दलाल गैरे र डिलाराम सापकोटा छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल