के छ एप्पलको नयाँ आईप्याडमा

के छ एप्पलको नयाँ आईप्याडमा

150909170927-cnn-tech-page-apple-ipad-pro-exlarge-tease
एप्पल कम्पनीले आफ्नो नयाँ उत्पदानका रुपमा आईप्याड प्रो सार्वजनिक गरेको छ । आईप्याडको निमार्णपछि आईप्याड प्रो सबैभन्दा ठूलो आईप्याड रहेका बताइएको छ । कम्पनीले नयाँ नयाँ भर्सनका आईफोन तथा एप्पल टिभी बनाउँदै आएको छ । माइक्रोसफ्ट कम्पनीको हाईब्रिड ल्यापटप ट्यावलेटसँग प्रतिस्पर्धा गर्नेगरी एप्पलले यो आईप्याड ल्याएको हो । यसको अनावरण एप्पल कम्पनीका सिईओ टिम कुकले गरे ।

आईप्याड प्रोका विशेषता

१ यो १२ दशमलव ९ इन्चको छ । एप्पलले बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्यावलेइट हो । एप्पलको पछिल्लो ट्यावलेट आईप्याड एयर टू १० इन्चको थियो । एप्पलको सबैभन्दा सानो ल्यापटप म्याकबुक एयरभन्दा यो ठूलो छ । म्याकवुक एयर केवल ११ इन्चको छ ।
२ यसमा ए९एक्स प्रोसेसर छ । एप्पलको दाबी अनुसार यो प्रोस्सरले आईप्याड एयर२ को भन्दा दोब्बर काम गर्छ । गत वर्ष आएका ९० प्रतिशत पोर्टेबल पिसीभन्दा यो पावरफूल रहेको एप्पलको दाबी छ ।
३ कामका लागि व्यवसाहिक तथा शक्तीशाली हार्डवेयरको आवश्यकता पर्ने व्यवसायि तथा अन्य ग्राहकहरुलाई लक्षित गरेर यसको निमार्ण गरिएको एप्पलले जनाएको छ ।
४ इफेक्टका लागि आईफोन प्रोमा दुईवटा सुविधा छ । एप्पल पेन्सिलबाट चीत्र कोर्न र स्केच गर्न सकिन्छ र कि बोर्डमार्फत ल्यापटपबाट गर्न सकिने काम गर्न सकिन्छ ।
५ यसमा ४ स्टोरियो स्पिकर्स रहेका छन् । जसबाट दायाँ तथा बायाँ च्यानलमा आवाजमा सन्तुलन गर्न सकिन्छ
६ यो उपकरण ६ दशमलव ९ मिमि सानो छ । यसको तौल ७ सय ग्राम हुन आउँछ ।
७ यसको ब्याटी १० घण्टासम्म टिक्न सक्छ ।
८ यसको मूल्य ३२ जिबीको ७ सय ९९ डलर, १ सय २८ जिबीको ९ सय ४९ डलर र एलटिई भर्सन सहितको १ सय २८ जिबीको १०७० अमेरिकी डलर तोकिएको छ । एप्पल पेन्सिको थप ९९ तथा आईप्याड प्रो किबोर्डको थप १ सय ६९ अमेरिकी डलर पर्नेछ ।
९ आगामी नोभेम्बरबाट यसलाई बिक्रीका लागि राखिनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल