नेपाली जनप्रगतिशिल मञ्च, पोर्चुगलमा नयाँ कार्यसमिति

नेपाली जनप्रगतिशिल मञ्च, पोर्चुगलमा नयाँ कार्यसमिति
  • शेर सिङ ठकुरी

पोर्चुगल  – नेपाली जनप्रगतिशिल मंच पोर्चुगलको चौथो अधिवेशन लिस्वोनमा सम्पन्न भएको छ । एमाओवादीनिकट मञ्चको अधिवेशन बुधबार सम्पन्न भएको हो ।

11202088_883434738358477_9167826054894598754_n

अधिवेशनले ३ सद्स्स्यीय निवाचन कमिटि मार्फत नयाँ कार्यसमिति चयन गरेको छ । दिलाराम चापागाईको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा २५ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । मञ्चको अधिवेशनले उपाध्यक्षहरुमा नारायण प्रसाद सुबेदी, भद्र बहादुर बुढाथोकी छेत्रीलाई छनोट गरेको छ भने महासचिवको जिम्मेवारी डोलराज भण्डारीले पाएका छन् । सचिवमा भने इश्वर रिजाल र तुलसी गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्ष जिम्मा बिनय बुढाथोकीले पाएका छन् ।

रामबहादुर गौचानले पानसमा बत्ति बालेर उदघाटन गरेको कार्यक्रममा पोर्चुगलस्थित राजनैतिक, सामाजिक र क्षेत्रीय संगठनहरुका प्रतिनिधीहरु अतिथिको रुपमा उपस्थिति थिए । त्यसको साथसाथै, लिस्बोनका लागि नेपाली वाणिज्यदूत मकर बहादुर हमाल पनि उपस्थित थिए ।

मंचका सचिव धनराज शेर्पाले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मन्तव्यको क्रममा एन आर एन पोर्तुगलका अध्यक्ष भिम के।सी। तथा आइ सी सी सदस्य रमेश कुमार गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष सुवासचन्द्र अधिकारी, जनसमपर्क समितिका प्रतिनिधि बैकुण्ठ गौतम, जनजाति महासंघका अध्यक्ष कान्छा शेर्पा, नारी समाज पोर्चुगलका अध्यक्ष सीता बराल साथै अन्य अतिथिहरुले कार्यक्रमको सफलताको शुभकामना र नयाँ निर्वाचित टिमलाई बधाइ दिएका थिए । ्र मंचको केन्द्रिय सल्लाहकार शेर सिङ ठकुरी र युरोप भरिका सम्पूर्ण नेपाली जनप्रगतिशिल मंचहरुका छातासंगठन संयुक्त मोर्चा, युरोपका उपाध्यक्ष राममणि रिजालले पनि शुभकामना मन्तव्य राख्नेका थिए ।

उनीहरुले मञ्च आफ्नो स्थापनाकालदेखि नै माओवादीलाई समर्थन गर्दै शोषित पीडित जनताको पक्षमा लड्दै आइरहेको विचार राखेका थिए । उनीहरुले नेपालमा आइपरेका विपत्तिदेखि पोर्चुगलका रहेका नेपालीहरुको हकहीतका लागि निरन्तर लड्दै आएको बताएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल