बैंकमा रकम अभाव

  |   तुलसी प्रसाद कोईराला

बैंकमा रकम अभाव

उदयपुर–लामो समयदेखिको तराई बन्दको कारण उदयपुरका वित्तिय संस्थाहरुमा रकम अभाव हुन थालेको छ । प्रादेशिक सिमाङ्कनको विरोधमा विभिन्न पार्टी तथा समूहले गरेको तराई बन्दले रकम भित्राउन नसक्दा रकम अभाव भएको हो ।money

उदयपुरमा नेपाल बाणिज्य बैकले राष्ट बैक क्षेत्रिय कार्यालय जनकपुरबाट रकम ल्याउदै आएकोमा बन्दहडतालका कारण रकम ढुवानी गर्न नसक्दा मौजाद रकमसमेत रित्तिदैँ गएको राष्टिय बाणिज्य बैङ्क गाईघाट शाखाले जनाएको छ ।

करिव एक महिना देखि व्यापार व्यवसाय ठप्पहुदाँ कम रकम जम्मा हुनु र रेमिट्यान्स लगाएत अन्य विभिन्न कारोवारमा बढि रकम भुक्तानी भएको कारण रकमको समस्या आएको शाखा प्रबन्धक भोला कार्कीले बताउनु भयो ।
शाखा प्रवन्धक कार्कीका अनुसार बन्द जारी नै रहने हो भने तीनदिन पछि बाणिज्य बैक भुक्तानी दिन नसक्ने स्थितिमा पुग्ने र बाणिज्य बैकमा आश्रित रहेका नीजी बैक पनि ठप्प हुने अवस्था रहेको छ ।
उदयपुरमा निजी क्षेत्रका एक दर्जन बाणिज्य बैकहरु संचालनमा रहेका छन । बन्दहडताल जारी रहँदा नजिकिँदै गएको दशै, तिहार जस्ता चाडपर्ब समेत असर पुग्ने अनुमान गरिएको छ । बाणिज्य बैंकले धनुषा जिल्लाबाट नेपाली सेनाको सुरक्षामा रकम ल्याउने गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल