एक रुपैयाँका दरले संकलित सहकारीमा ४६ करोडको कारोवार

भदौ २३  |   प्रेम सुनार

एक रुपैयाँका दरले संकलित सहकारीमा ४६ करोडको कारोवार

गुल्मी–२५ वर्ष अघि २५ जना सदस्यहरुले एक एक रुपैयाँका दरले संकलन गरेर स्थापना गरेको गुल्मीको एक सहकारी संस्थामाअहिले ४६ करोडको कारोवार हुने गरेको छ । लेकाली स्वावलम्वनवचततथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीले यस्तो प्रगतिगर्न सफलभएको हो । २५ औं वर्ष गाँठको अवसरमा रजतमहोत्सववर्ष मनाउने तयारीमा रहेको सो संस्थाले आजपत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७१–०७२ मा ४६ करोड कारोवार भएको जानकारी दिएको हो । gulmi
सो संस्थाकाअध्यक्षगोपालप्रसादपन्थीले २०४८ सालपौष ३० गतेकादिनहाल अमेरिकामा रहेका रमेश थापा संस्थापकअध्यक्ष रहेर २५ जनाको समुहमामासिक एक एक रुपैयाँका दरले वचत संकलन गरी स्थापना गरेको त्यस सहकारीमा यस आर्थिक वर्षमाउक्त रकमकारोवार गर्न सफलभएको जानकारी दिए् । उनले उक्त सहकारीमा शेयर पुँजी १ करोड ५१ लख ६७हजार ५ सय रहेको बताए । त्यस्तै संस्थागतकोष ९८ लाख६ सय ८७ रुपैयाँ रहेको, १४ कारोड ७४ लाख ४४ हजार ८ सय १९ बचतगरिएको र १४ कारोड ८० लाख७० हजार ९ सय १० रुपैयाँऋण लगानीभई रहेको जानकारी दिए ।
नवाल६ सय १५ सहितकुल सदस्य संख्या १९ सय ७० जना रहेको त्यस सहकारी संस्थाले यस रजतमहोत्सववर्ष गाँठमा शेयर सदस्यलाई पेन्सन समेत दिने कार्यक्रम घोषणा गरेको छ । क्रमिक रुपमा रकम बृद्धि गर्दै जाने गरी त्यस संस्थाले ६० वर्ष उमेर पुगेका र अपाङ्गहुने शेयर सदस्यहरुलाई मासिक २ सयका दरले पेन्सन समेतदिने घोषणा गरेको अध्यक्षपन्थीले जानकारी दिए । तर त्यस्ता सदस्यहरुले पेन्सनपाउनकालागिकम्तीमापनि १५ वर्ष त्यस सहकारी संस्थामा आवद्ध हुनु पर्ने वताईको छ । उसले कक्षा १ देखि स्नातक सम्म शेयर सदस्यका छोरा छोरीहरुलार्इृ छात्रवृत्ति समेत दिदै आएको छ ।
यसरी शेयर सदस्यहरुलाई पेन्सनदिने घोषणा गर्ने स्वावलम्वनवचततथा ऋण सहकारी संस्था लिमिटेड जिल्लाको पहिलो सहकारी संस्थाबनेको छ । बचत तथा ऋण सहकारी संघ,गुल्मी,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.( नेप्सकुन ) काठमाण्डौं र राष्ट्रिय सहकारी बैंक लि.काठमाणडौमा समेत आवद्ध रहेको त्यस स्वावलम्वनसहकारी संघ उत्कृष्ट कार्य गरे वापतविभिन्न संघ संस्थाबाट पुरस्कृत समेत भएको छ ।
उसलाई २०६२ मा डिभिजन सहकार िकार्यालयले पुरस्कृत गरेको थियो । त्यस्तै २०६५ सालमाराष्ट्रिय सहकारी संघ काठमाण्डौंले, २०६८ सालमा नेप्सकुनले पश्चिमाञ्चल कै उत्कृष्ट सहकारी संस्थाका रुपमा र २०७१ सालमा नेप्सकुनले नै उत्कृष्ट सञ्चालकका रुपमा त्यस स्वावलम्वन सहकारी संस्थालाई पुरस्कृत गरेको थियो ।उक्त सहकारी संस्थाले सहलियतव्याज दरमाप्रति सदस्य १५ लाख सम्म ऋण दिने गरेको छ । उसले त्यस्तो ऋण विशेष गरी गरिव विपन्न, एकलमहिला, असाहय–अपाङ्ग र वेरोजगारहरुलाई स्वरोजगार बनाउनदिने गरेको पाईएको छ ।
जिल्लाका पुरानो सहकारी संस्थामानिने उसले यस वर्ष देखि घडेरी खरिद कोषको समेत स्थापनागर्ने भएको छ । आज देखि विविधकार्यक्रमका साथ सो सहकारी संस्थाको स्थापनादिवस पौष ३० गते सम्ममनाईने रजतमहोत्सवममनाउनलागि ३९ सदस्यीयमुल समारोह समिति र विभिन्न ९ वटा उप समिति समेत गठन गरिएको जानकारी समेत पत्रकार सम्मेलनमा गराईएको थियो । पत्रकार सम्मेलनमा सो सस्थाकापुर्व अध्यक्ष एमबहादुर थापा , नेपालपत्रकार महासंघका अध्यक्ष नवराज भुसाललगायतको सहक्भागिताथियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल