नेपाल उद्योग बाणिज्य महासंघद्धारा मधेशी दलका अध्यक्षलाई ज्ञापनपत्र

भदौ २३  |   राधेश्याम विश्वकर्मा

नेपाल उद्योग बाणिज्य महासंघद्धारा मधेशी दलका अध्यक्षलाई ज्ञापनपत्र

भैरहवा–मधेश आन्दोलनको क्रममा लामो समय देखी बन्द रहेको उद्योग खोल्ने वातावरण बनाईदिन लगायतका माग राख्दै नेपाल उद्योग बाणिज्य महासंघले भैरहवा आई पुगेका मधेशी दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएको छ । fncci
महासंघका अध्यक्ष पुशपति मुरारकाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई ज्ञापन पत्र बुझाउदै आम जनताले पेशा ब्यावसाय गरि बाच्न पाउने न्यूनतम मानव अधिकारको प्रत्याभूति गराउनु पर्ने माग राखेका छन । यसै गरि जनताको भावना समेटेर जति सक्दो चाडो नया संविधानको घोषणा गर्ने कार्यमा मधेशी दलबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न, मधेशी दल लगायतबाट आव्हान गरिएको सबै प्रकारका बन्द हडताल र बिरोधका कार्यक्रमहरु अविलम्ब फिर्ता लिन, बिभिन्न् माग राखी आन्दोलनमा रहेका दल समूह संग तुरुन्त वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न मधेशी दलबाट जिम्मेवार भूमिका खेल्नु पर्ने मागहरु ज्ञापन पत्रको माध्यमबाट माग गरिएको छ ।
बैशाख १२ गतेको बिनाशकारी भुकम्प पछि मुलुकले निकै ठूलो भौतिक एवम आर्थिक नोक्सानी ब्यहोरेको अवश्थामा पुन लगातारको बन्दले आर्थिक उद्योग ब्यावसाय, यातायात क्षेत्रले अर्बौको क्षति ब्यहोरि रहेको भन्दै असन्तुष्टि ब्यक्त गरिएको छ । बाहिरबाट ल्याएका सामानहरु  अन्तराष्ट्रिय नाकाहरुमै महिना दिन रोकिदा तिर्नुपर्ने बिलम्ब शुल्क कल्पना भन्दा बाहिर गई सकेको महासंघ अध्यक्ष मुरारकाले बताए । उनले बस्तुको मोल भन्दा पनि जरिवाना बढेको र करोडौको औद्योगिक कच्चा पदार्थ नष्ट भएको भन्दै आन्दोलनरत पक्षको ध्यानाकर्षण गराए ।
निरन्तरको बन्दबाट उद्योगी ब्यावसायीले आफ्ना कर्मचारी मजदुरलाई तलब ज्याला दिन सक्ने अवश्था नभएको अध्यक्षहरुलाई बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ । यसै गरि बैंक तथा बित्तिय संस्थालाई ऋणको किस्ता समेत तिर्न सक्ने अवश्था नरहेको अध्यक्ष मुराररकाले पत्रकारहरु सितको कुराकानीमा बताए ।
ज्ञापन पत्र बुझ्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महासंघको माग बमोजिम तत्काललाई बन्द हडतालको कार्यक्रमलाई फिर्ता लिन नसकिने स्पष्ट पारेका छन । २५ दिन पछि बल्ल नेपाल उद्योग बाणिज्य महासंघको ध्यानाकर्षण भएको छ, अब पालो सरकारको हो भन्दै उनले असन्तुष्टि समेत जनाए ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका तर्फबाट अध्यक्ष पशुपति मुरारका सहित निर्वतमान अध्यक्ष सुरज बैद्य, उपाध्यक्षद्धय किशोर प्रधान, शेखर गोल्छा तथा केन्द्रिय सदस्यहरु गुणानिधि तिवारी, मोहन श्रेष्ठ र मोर्चाका तर्फबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर। नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल