पदभार ग्रहण गर्दै केयूकेएलका जिएमले भने, ‘काठमाडौंको धारामा पानी आउने व्यवस्था मिलाउँछु’

भदौ २३

पदभार ग्रहण गर्दै केयूकेएलका जिएमले भने, ‘काठमाडौंको  धारामा पानी आउने व्यवस्था मिलाउँछु’

काठमाडौं–काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सञ्चालक समितिको हालै बसेको बैठकबाट महाप्रवन्धक (जिएम) मा नियुक्ती पाएका रुद्र गौतमले पदभार ग्रहण गरेका छन् । gautam
बुधबार पदभार ग्रहण गरेका गौतम खुला प्रतिष्पर्धाबाट दक्षताका आधारमा महाप्रवन्धक बन्ने पहिलो व्यक्ति समेत भए ।

पदभार ग्रहण गर्दै गौतमले पानी वितरणमा विशेष चासो दिएर समानुपातिक ढंगले काठमाडौं उपत्यकामा पानी वितरण गर्ने बताए । अहिले राजधानीका उपभोक्ताहरुले खानेपानीको आपूर्तिका विषयमा अनेकन गुनासाहरु राख्ने गरेको उउल्लेख  गर्दै समानुपातिक ढंगले काठमाडौं उपत्यकामा पानी वितरण गरि सबैको धारमा पानी आउने व्यवस्था मिलाउनका लागि आफू लागिपर्ने उनको भनाई छ ।

यसैगरी उनले बक्यौता रकम उठाउने र कर्मचारीलाई अनुशासनमा राख्ने काम पनि आफ्नो प्राथमिकतामा पर्ने बताए ।

गौतमले कार्यालयमा हुने अनियमितता प्रति कडा नीति लिने उल्लेख गर्दै भने, ‘अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएर अघि बढ्नेछु ।’
गौतमले त्यसका लागि सबैबाट सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे ।

खुला प्रतिष्पर्धाबाट महाप्रवन्धक बनेका गौतम यसअघि ललितपुर उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर थिए । स्वच्छ छविका गौतमसँग यसअघि केयूकेएलमै प्रवन्ध निर्देशक भएर काम गरिसकेको अनुभव समेत छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल