विदेश छाडेर गाई पालन, वार्षिक ७ लाख आम्दानी

भदौ २२  |   प्रेम सुनार

विदेश छाडेर गाई पालन, वार्षिक ७ लाख आम्दानी

गुल्मी–एक दशकभन्दा बढि समय विदेशमा वसेर घर फर्किएका गुल्मीका एक युवाले गाई पालनबाट वार्षिक ७लाखभन्दा बढि आम्दानी लिन थालेका छन् ।gai palan
रेसुङ्गा नगरपालिका–७ कुँडापानी शिद्धस्थान टोलका ३४ वर्षिय युवाशम्भु पाण्डेले जर्सी र होलिस्ट्यान जातका १७ वटा गाई पालेर त्यसको दुधबाट विदेशको कमाई भन्दा बढि आम्दानी लिन थालेका हुन् ।
‘एउटा गाईले दैनिक १८ लिटर दुध दिन्छ’ पाण्डेले भने–‘ १७ वटा गाईबाट दैनिक सरदर सय लिटर भन्दा बढि दुध तम्घास वजारमा लगेर बेच्ने गर्दछु ।’
उनले १२ वर्ष सम्मदुवईमा बसेर फर्के पछि अवगाउँ मैं केहि गरौं भन्ने सोंचका साथगतदुई वर्ष देखि ६० लाख लगानी लगाएर गाई पालन सुरु गरेको बताए ।
उक्त गाई पालनका लागि उनले गुल्मी कै रुपाकोट घर भई हाल वेलायतमा रहेका भिनाजु तारानाथ भण्डारी र भाई युवराज पाण्डेको साथ लिएको बताए ।
३ जना कामदारहरु राखेका उनले खर्च कटाएर सरदर दैनिक २ हजार आम्दानीहुने गरेको बताए ।
त्यसबाट वर्षिक ७ लाखभन्दा बढि आम्दानी हुने गरेको बताउने पाण्डे यसरी नै व्यवसायीक ढंगले पशु पालन र कृषि पेशागर्न सके नेपालीयुवाहरु विदेश जाननपर्ने सुझाव दिन्छन् ।
‘सुरुमामासिक १५ हजार तलवमादुवई पुगेको थिएँ’–पाण्डेले भने–‘ पछिल्लो चरण मासिक ८० हजार तलवपुगेकोथियो तर त्यो भन्दा घर परिवार संग वसेर गरेको यहि व्यवसायबाट सन्तुष्ट छु र अवअरुलाई पनिविदेश नजान सुझाव दिन्छु ।’
त्यस व्यवसायलाई पाण्डेले शिद्धवाव गौशलातथा कृषि उद्योगका रुपमादर्ता गरेका छन् । सोही उद्योगका नाम मा उनले आफ्नाभाई युवराज पाण्डेलाई सदरमुकाम तम्घासमा राखेर दुध विक्रीवितरण गर्ने गरेका छन् । उनले कामदारहरु पाईएको खण्डमा त्यस गाई पालनलाई अझ वृहत बनाउन चाहेका छन् । उनका भिनाजु तारानाथ भण्डारीले पनिअव वेलायतबाट फर्के पछि त्यसै गाई पालनव्यवसाय गरेर घरै बस्ने सोच बनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल