कामदारमाथि दुव्यवर्हार गरेपछि बंगलादेशी क्रिकेटर फरार

भदौ २२  |   एजेन्सी

कामदारमाथि दुव्यवर्हार गरेपछि बंगलादेशी क्रिकेटर फरार

Bangladesh Cricketerढाका – बंगलादेशको प्रहरीले अहिले क्रिकेटर सहादत हुसेन र उनकी श्रीमतीलाई खोजी गरिरहेको छ । सहादतमाथि आफ्नै घरमा काम गर्न राखेकी ११ वर्षिय बालिकामाथि दुव्यवर्हार गरेको आरोप छ । सडकमा भेटिएकी ति बालिका अहिले अस्पतालमा छिन् ।

प्रहरीले २९ वर्षिय फास्ट बलरमाथि केश दर्ता गरेको छ । सहादतले यसअघि इंग्ल्याण्ड विरुद्ध लर्डस् मैदानमा सन् २०१० मा ५ विकेट लिएका थिए उनले बंगलादेशबाट ३८ टेस्ट तथा ५१ एकदिवसीय क्रिकेट खेलेका छन् । गत मेइमा पाकिस्तान विरुद्ध मैदानमा उत्रिएका सहादत पछिल्लो ६ महिना चोटका कारण मैदान बाहिरै थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल