आन्दोलनले सस्तीयो तरकारी, मासु, माछा र फलफूल

  |   भरत पाण्डेय

कति घट्यो मूल्य सूचिसहित

आन्दोलनले सस्तीयो तरकारी, मासु, माछा र फलफूल

takrari

हरेक बन्द हडतालमा प्राय दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्छ । सामानको अभाव नभएपनि व्यावसायीले कालोबजारी गरेर पनि मूल्य बढाउँछन् तर यसपटक लामो तराई बन्दको समयमा राजधानीमा तरकारीको मूल्य भने सस्तिएको छ । करिव एक महिनादेखि तराई मधेशमा भएको बन्द हड्तालका कारण नेपाली बजरमा अधिकांश तरकारीको तरकारीको मूल्य सस्तीएको छ ।

गोलभेडा, सेतो आलु , स्थानीय काउली, भण्टा, सानो मटर, सिमी, च्याउ, अजवाईन, पुदिना, अदुवा, हरीयो खुर्सानी, हरीयो धनियाँ लगायतका तरकारी र स्याउ, मेवा लगायतका फलफूल को मूल्य घटेको हो ।
तराई तथा विभिन्न जिल्लामा जाने तरकारी बन्दका कारण जान नसक्दा धेरै तरकारी काठमाडौमा आएकोले तरकारीमो मूल्य घटेको तरकारी नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘बन्द र हडतालका कारण अहिले राजधानीबाहेक बिर्तामोड, बुटबल, भैरहवा, धरान, बिराटनगर, बीरगञ्ज, लाहान, इटहरी, कोहलपुरजस्ता स्थानका बजारमा तरकारी जान नसकेपछि काठमाण्डौमा केन्द्रित हुँदा मूल्य घट्यो ।
यसैगरी फलफूल, माछा र कुखुराको मासुको मूल्य पनि सस्तो भएको छ । कुखुराको मासुमा ४० देखि ५० रुपैयाँ र अण्डा प्रति क्यारेट ३० देखि ४० रुपैयाँसम्म सस्तो भएको कुखुरा उत्पादक संघका अध्यक्ष जंग बहादुर केसीले बताए । ‘७० जिल्लामा ब्रोईलर उत्पादन छ, तर यो बेला तराईका जिल्लामा पु¥याउन सकिएन ।’ उनले भने – प्राय ब्रोईलर कुखुराको ढुवानी रातीमा मात्रै हुने भएकोले काठमाण्डौका लागि ढुवानीमा समस्या नहुँदा मूल्य सस्तीएको हो ।’ उनले भने ।
कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार २१ थरीका तरकारीको मूल्यमा गिराबट आएको छ । सबैभन्दा धेरै च्याउ ५५ रुपैयाँ सस्तीएको हो । त्यसैगरी हरीयो धनिया ३२, पुदिना ३७, पार्सले ३६, क्राईष्टोफिन ४०, सिमी ३३, भण्टा ४२ रुपैयाँ सस्तीएको हो ।

मूल्यसूचि

tarkari

उपभोक्तालाई नाफा, किसानलाई घाटा

आन्दोलनले कतिपय तराईका जिल्लामा जाने तरकारी उपत्यका केन्द्रित हुँदा उपभोक्तालाई फाईदा भएपनि किसानहरु भने चर्को मारमा परेका छन् । तराईका जिल्लामा उत्पादित तरकारी, फलफूल र मासु बजार पु¥याउन नसक्दा र पहाडी जिल्लाका किसान सस्तोमा तरकारी बेच्नुपर्दा मर्कामा परेका हुन् ।
तरकारी र फलफूल सहज रुपमा ढुवानी गर्न नसकिंदा बन्द र हडतालका कारण दैनिक लाखौं मूल्यबराबरको कृषि उपज नष्ट हुन थालेको व्यवसायीहरुले बताएका छन् ।
बल्खु फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँंले अहिले दैनिक ७५ लाख मूल्यबराबरको फलफूलतर्फ घाटा भइरहेको जानकारी दिए । ‘बन्द हडताल नहुँंदा दैनिक दुई करोड मूल्यबराबरको फलफूलको कारोबार भएपनि अहिले दैनिक एक करोड २५ लाख मूल्यबराबरको मात्रै कारोबार भइरहेको छ’ उनले भने – ‘बाहिरी जिल्लाबाट आपूर्ति हुने फलफूलहरु पनि कुहिएर झण्डै ५० प्रतिशत नोक्सानी उठाउनु परेको छ ।’ उनका अनुसार सरकारले भारतीय नाकाबाट फलफूल भित्र्उँदा सरकारले समेन्ट र रडभन्दा पनि कम प्राथमिकता राखि ६ दिनसम्म लाईनमा राख्दा आधा फलफूल कुहिने गुनासो गरे ।
माछा व्यवसाय संघ बाराका अध्यक्ष जंगवहादुर साहले बन्द र हडतालका कारण अहिले तराईका जिल्लाबाट राजधानीमा जिउदो माछा ल्याउन भित्र्याउन निक्कै कठिन भएको जानकारी दिए । उनकाअनुसार सामान्य समयमा राजधानीमा जिउदो माछातर्फ डेढ करोड मूल्यबराबरको व्यापार भएपनि अहिले बन्दका कारण करिब ३५ लाख रुपैयाँंमा सिमित भएको बताए ।
यसैगरी कुखुरा व्यवसायी संघका अध्यक्ष जंगवहादुर विसीले तराईका जिल्लामा पछिल्लो समयमा दुई साताभन्दा बढी समयदेखि भएको बन्द र हडतालका कारण दैनिक पाँंच करोड मूल्यको घाटा ब्रोइलर कुखुरा र अण्डा उत्पादन गर्ने किसान र व्यवसायीले उठाउनुपरेको दुखेसो पोखे ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बन्द र हडतालका कारण अहिले राजधानीबाहेक तराईका बजारमा तरकारी आपूर्ति नहुँंदादैनिक दुई करोड ५० लाख मूल्यबराबरको उत्पादित तरकारी खेतमै कुहिएर नष्ट हुने क्रम सुरु भएको जानकारी दिए ।
व्यवसायीहरुले कृषि उपजलाई अत्यावश्यक बस्तुको सूचीमा राखेर सहज रुपमा ढुवानी गर्न पाउनुपर्ने सरोकारवाला निकायले सरकारसँंग मांग गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल