करोडौँ घाटामा सानिमा हाइड्रोपावर

भदौ २१

करोडौँ घाटामा सानिमा हाइड्रोपावर

इलाम,  ilam — कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा समस्या हुँदा सानिमा माई हाइड्रोपावर लिमिटेडले मासिक करोडौँ रुपैयाको घाटा व्यहोर्नुपरेको हो ।

कावेली करिडोर आयोजनाको पहिलो खण्ड झापाको लखनपुर र इलामको गोदकखण्डको निर्माण कार्य सम्पन्न भएर पनि टावरको बीचमा लाइन टाँग्ने कार्यमा समस्या आएको छ ।
लाइन प्रभावित क्षेत्रमा व्यक्तिगत जग्गामाथिको क्षतिपूर्ति विवादले उक्त खण्डमा निर्माण सकिए पनि विद्युत् आपूर्ति भने हुन सकेको छैन । निर्माण सकिएको दुई साता बितिसक्दा पनि आयोजनाले उक्त क्षेत्रको विवाद समाधानमा पहल नगर्दा इलामको दानाबारीमा विद्युत् उत्पादन हुन नसकेको हो ।

सानिमा हाइड्रोपावरका प्रमुख कार्यकारी डा सुवर्णलाल श्रेष्ठले भन्नुभयो – “बाइस मेगावाट क्षमताको सानिमा माई हाइड्रोपावरले हाल चार मेगावाट विद्युत् मात्र उत्पादन गरी ३३ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा पठाएको छ । १३२ केभी प्रसारण लाइन समयमा नबन्दा गत फागुनदेखि नै हामी २२ मेगावाट विद्युत् उत्पादन चार मेगावाटमा झार्न बाध्य भएका छौँ ।”

देशभित्र विद्युत् आपूर्ति कम हुँदा भारतबाट दोब्बर मूल्य तिरेर आयात गर्नुपरिरहेको र सरकारलाई थप दुई प्रतिशत रोयल्टी घाटा भएको उहाँको तर्क छ । सानिमा माई हाइड्रोबाट उत्पादित विद्युत् हालको प्रतियुनिट चार रुपैयाँ ८० पैसाले १८ मेगावाटको घाटा मासिक रु छ करोड २२ लाख आठ हजार पुग्छ ।

कावेली करिडोरको १ र २ नं टावर बीचमा झापा लखनपुरका तीन व्यक्तिको सगोलको जग्गा रहेको छ । उक्त जग्गाका धनीलाई नसोधिकन लाइन विस्तार गर्न लागिएको भन्दै जग्गाधनीले लाइन विस्तारमा रोक लगाएपछि करिडोरअन्तर्गतको पहिलो खण्डमा विद्युत् आपूर्ति हुन सकेको छैन । सानिमा हाइड्रोपावरले गत मङ्सिर महिनादेखि उत्पादन सुरु गरेको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल