नेपाली बजारमा नयाँ स्टाईलको स्कूटर : ‘यामाहा फेसिनो’

भदौ २१  |   डिएनएन

नेपाली बजारमा नयाँ स्टाईलको स्कूटर : ‘यामाहा फेसिनो’

काठमाडौं – नेपाली बजारमा यमाहा कम्पनीको नयाँ स्टाईलिस स्कुटर ‘यमाहा फेसिनो’ भित्रिएको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजले नयाँ मोडलको स्कुटर ‘याहामा फेसिनो’ सोमबार सार्वजानिक गरेको हो ।

yamaha launch (2)
यामाहाले ल्याएको स्कुटर मध्येमा यो निकै फरक र आकर्षक डिजाइनको छ । बजारमा उपलब्ध अन्य मोडलका स्कुटरहरुको तुलनामा यामाहा फेसिनो सुपरमोडल स्कुटर रहेको कम्पनीको भनाई छ ।
यामाहा फेसिनोको क्षमता र डिजाइन निकै आधुनिक भएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु अग्रवालले बताए । ‘उपयोगी मात्रै होईन नेपाली उपभोक्ताले स्टाईल पनि खोजेका छन्’ अग्रवालले भने त्यसैले हामीले अहिलेसम्मकै स्टाईलिस स्कुटर ल्याएका छौँ ।’ उनले यमाहा फेसिनोमा परम्परागत र समकालिनको मिश्रण भएकोले यो गुणस्तरीय तथा स्टाईलिष्ट दुबै भएको बताए ।
फेसिनोमा अहिलेसम्मका स्कुटरहरु मध्येकै उत्कृष्ट माईलेज रहेको कम्पनीले जनाएको छ । फेसिनोे स्कुटर यामाहाको ‘ब्लु कोर’ प्रविधिमा आधारित भएकोले यसमा धेरै गुणस्तरीय सुविधा भएको कम्पनीका बजार प्रवन्धक निर्मल श्रेष्ठले बताए । ‘जसका कारण यसको माइलेज प्रति लिटर ६६ किलोमिटर छ ’ उनले भने – ‘विशेष क्षमताको इन्जिनमा निकल स्पार्क प्लग र बीए २४ कार्बरेटर प्रयोग भएको छ जसले स्कुटरको गतिलाई उत्कृष्ट बनाउन सहयोग गर्छ ।’ उनले ५ दशमलव २ लिटर इन्धन अट्ने ट्यांकी रहेको यो स्कुटरमा आकर्षक हेड लाइट, मिटर र क्रोम साइड मिरर निकै उत्कृष्ट तरिकाले जडान गरिएको बताए ।

yamaha launch (1)
अरु स्कूटरभन्दा यो स्कूटर चलाउन निकै सहज र आरामदायी छ । नयाँ खालको सजिलो सीटको डिजाइन भएकाले चलाउन र लेग स्ट्याण्डमा खुट्टा राख्न निकै सहज भएको कम्पनीले जनाएको छ । निकै सहज र आरामदायी यामाहा फेसिनोमा लामो र सुविधाजनक सिटको प्रयोग भएको हुँदा २ जना निकै आरामदायी तरिकाले यात्रा गर्न सक्ने र सिट मुनी २१ लिटर क्षमताको स्टोरेज भएकाले प्रशस्त सामग्री राख्ने सुविधा रहेको कम्पनीको भनाई छ ।
यामाहा फेसिनो स्कुटर आकर्षक रङहरुमा उपलब्ध छन् । रोग रेड, सासी क्यान, हउट वाइट, कुल कोलबाल्ट र टक्सिडो ब्लाक रङका स्कुटरहरु कम्पनीले उपलब्ध गराएको छ । यी रङमा स्कुटर निकै आकर्षक देखिएका छन् ।
निकै आकर्षक विशेषता, उत्कृष्ट डिजाइन, प्रभावशाली माइलेजका स्कुटरहरु नेपाली बजारमा भित्र्याएर यामाहाले नेपाली प्रयोगकर्ताहरुको मन जित्न सफल भइरहेको छ । यामाहाका स्कुटरले तराइ, पहाड, हिमालका सबै उमेर समूहका प्रयोगकर्ताको ध्यान आकर्षण गर्न सफल भएको छ । अहिले सार्वजानिक गरिएको फेसिनो स्कुटर निकै हलुका स्कुटर भएको कम्पनीले बताएको छ । यसको तौल १०३ किलोग्राम छ भने स्कुटरको मूल्य १ लाख ८३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यो स्कुटरले नेपाली स्कुटर बजारमा नयाँ उत्साह ल्याउने र यामाहाका प्रयोगकर्तालाई थप सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वासका आधारमा कम्पनीले स्कूटरको बजार ३० प्रतिशतमा पु¥याउने विश्वास राखेको कम्पनीका प्रवन्ध निर्देशक अग्रवालले बताए । यसअघि नेपालमा स्कूटरको बजार २५ प्रतिशत मात्र थियो । अग्रवालले १० वर्षको अन्तरातमा पुरुषहरुमा स्कुटरमोह निकै बढेकोले यसको बजार बढीरहेको समेत बताए । ‘१० वर्ष पछाडी फर्कने हो भने महिलामात्र स्कूटर चढ्ने चलन थियो, मोटरसाईकल मात्रै चढ्ने केटाहरुले स्कूटर त छुन पनि हुँदैन जस्तो गर्ने ’ उनले भने – ‘तर अहिले स्कूटर महिला पुरुष दुवैको लागि महत्वपूर्ण साधन बनेको छ ।
कम्पनीले यस अधि ल्याएको रे, रे–जेड र अल्फा स्कुटरको अपार सफलता पछि यामाहा फेसिनो स्कुटर नेपाली बजारमा ल्याएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल