अवैध काठ बरामद

भदौ २१

अवैध काठ बरामद

woodsरौतहट, — प्रहरीले चोचा रेन्जपोस्टको जङ्गलबाट अवैध तवरले चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ ।

प्रहरीले सुराकीका आधारमा आज बिहान चोचा रेञ्जपोस्टबाट हरिहरपुरस्थित इस्लामपुर काठ मिलतर्फ ट्याक्टरबाट ओसार्दै गरेको अवस्थामा सालका १३ वटा गोलिया बरामद गरेको हो ।

स्थानीय कनकपुर गाविस–५ स्थित बलुवा पुल नजिक काठ तस्करहरुलाई पक्राउ गर्ने क्रममा ठूलो भीड जम्मा भई अवरोध पु¥याइएपछि थप प्रहरी पुगेर भीडलाई तितरवितर पारी काम बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल