हङकङमा राई समुदायको ‘चुलाघर’

भदौ २१

हङकङमा राई समुदायको ‘चुलाघर’

काठमाडौं – हङकङमा बसोबास गर्दै आएका किँरात राई समुदायले आफ्नो भाषा, धर्म तथा संस्कार–संस्कृतिको संरक्षणका साथै सम्बद्र्धनका लागि सामूहिक प्रयासस्वरूप ‘चुलाघर’ स्थापना गर्न लागेका छन् ।

Chulaghar

याउमा तेइस्थित नेपाल फाइनान्सको कार्यालयमा हालै बसेको चुलाघर खरिद तथा व्यवस्थापन विभागको बैठकले स्थानीय कि लुङ चुङ भन्ने ठाउँमा २.४ मिलियन हङकङ डलरमा सामूहिक चुलाघर खरिद गर्ने निर्णय गरेको हो ।

पटक–पटकको प्रयासपछि यसले मूर्तरूप लिएको जनाइएको छ । विभागका मूल संयोजक हेजेन राईको अध्यक्षतामा भएको बैठकमा किँरात राई यायोक्खा हङकङका अध्यक्ष शशिमदन राई प्रमुख अतिथि थिए ।

चुलाघरका लागि घरजग्गा खोजी तथा परामर्श समितिका संयोजक रजिन राईले कि लुङ चुङको रमणीय स्थानमा रहेको दुईतले आधुनिक घरलाई खरिदको प्रस्ताव गरेका थिए । यस विषयका परियोजनाकार शशिमदनले स्थलगत रिपोर्ट प्रस्तुत गरेपछि बैठकमा सहभागीले सोही घर किन्ने भनी समर्थन जनाएका थिए ।

किराया सल्लाहकार तथा महिला विभाग प्रमुख बसन्तकुमारी राई, उपसंयोजक तथा संगठन विस्तार प्रमुख धिराजकुमार राई, महासचिव हरिचन्द्र राई, सचिव विमल राईलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

सांस्कृतिक चेतनाका साथै जिम्मेवारी र प्रतिबद्धतासँगै खुसी देखिएका उनीहरूले नेपालबाट पनि सहयोगका लागि आह्वान गरेका थिए । घर खरिदका निम्ति बैना गर्न हेजेन, रजिन, शशिमदन र धिराजकुमारलाई जिम्मेवारी तोकिएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल