युरो कप छनौट : नेदरल्याण्डलाई धक्का, आइसल्याण्ड पहिलो पटक छनौट

भदौ २१  |   एजेन्सी

युरो कप छनौट : नेदरल्याण्डलाई धक्का, आइसल्याण्ड पहिलो पटक छनौट

नेदरल्याण्ड – नेदरल्याण्डको सन् २०१६ को युरो कपको लागि छनौट हुने आशामा ठूलो धक्का लागेको छ । गत राती भएको खेलमा टर्कीसँग
३—० गोलको भारी अन्तरले पराजित भएपछि युरो कप छनौटमा ठूलो प्रश्न चिन्ह खडा भएको छ ।
_85397952_robin_van_persie_reutersबार्सिलोनाका मिडफिल्डर आर्डा टुरानको उत्कृष्ट खेलको मद्दतले टर्कीले नेदरल्याण्डलाई उछिन्दै समूह ए को तेस्रो स्थानमा उकिल्न सफल भएको छ । टर्कीको जीतमा ओगुजान ओज्याकुप, टुरान र बुराक यिल्माजले एक एक गोल गरे ।
अब नेदरल्याण्डले समूहमा तेस्रो हुनका लागि पनि टर्कीमाथि निर्भर हुनुपर्ने छ । पछिल्लोपटक नेदरल्याण्ड कुनै ठूलो प्रतियोगितामा छनौट हुन नसकेको सन् २००२ को विश्वकप हो ।
नेदरल्याण्डले अब कजाकिस्तान र चेक रिपब्लिकसँग भिड्ने छ भने टर्कीले भने चेक रिपब्लिक र आइसल्याण्डको सामना गर्नेछ ।
यता, समूहको शीर्ष दुई स्थानमा रहँदै आइसल्याण्ड र चेक रिपब्लिक प्रतियोगितामा स्वतः छनौट भएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल