डिजेल र मट्टितेलको मूल्य घट्यो

भदौ २०

डिजेल र मट्टितेलको मूल्य घट्यो

Petrol dripping from pump at forecourt

काठमाडौँ  – नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य आज पुनः घटाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक/एक घटाएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु एक/एक घटाइएको हो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताउनुभयो ।

आजदेखि डिजेल र मट्टितेलको मूल्य रु ८३ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ ।
पेट्रोल प्रतिलिटर रु १०४ र खाना पकाउने ग्यास प्रति सिलिण्डर रु १४०० मा बिक्री मूल्य कायम हुने पनि उनले जानकारी दिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल