विश्वचर्चित ७ स्टाइलिस कारहरु

कारलाई आकर्षक बनाउन कम्पनीहरुले थुप्रै खर्च गर्दै आएका छन् । यसका लागि कम्पनीमा रिसर्च तथा डेभलपमेन्ट टिम नै राखिएको हुन्छ । यसै टिममार्फत कम्पनीहरु नयाँ तथा आर्कषक कार निमार्ण गर्दै लन्च गर्छन् । हेरौँ विश्वका ७ आर्कषक कारहरु कस्ता छन् :

विश्वचर्चित ७ स्टाइलिस कारहरु

पोर्शे कायमन

porsche-cayman_1441449575
पोर्शेको विश्वचर्चित मोडलमध्ये एक हो पोर्शे कायमन । यस जर्मन कार लुक्स तथा डिजाईका लागि निकै राम्रो मानिन्छ । यस कारलाई सन् २००६ मा लन्च गरिएको थियो ।

जगुआर एफ टाइप

jauar-f-type_1441449569
२०१५ जगुआर एफ टाइप सुपरकारलाई निकै आर्कषक मानिन्छ । कारको मूल्य बढी भएपनि यसमा थुप्रै फिचरहरु छन् । यस कारको स्पिड समेत निकै फास्ट छ । स्टायल, लुक्स र डिजाईमा गरिएको मेहिनतकै कारण यो कार चर्चामा छ ।

फेरारी ला फेरारी

ferari-la-ferari_14414495
फेरारी ला फेरारी सन् २०१४ मा लन्च गरिएको हो । फेरारीका अन्इ कारजस्तै यो पनि रातो रंगको छ । कारको भित्री डिजाईन कुनै एयरक्राफ्टको जस्तो देखिने भएका कारण पनि यो चर्चामा छ । यस कारमा कार्बन फाइबरको प्रयोग गरिएको छ । त्यसैले यसको स्टाइल र डिजाईन फरक छ ।

अडी आरएस ५

audi-rs5_1441449564
अडीका आर्कषक कारमध्ये आरएस ५ एक हो । यस कारमा सवार गर्दा डाइभिंगको बेग्लै आनन्द लिन सकिन्ट । कार महंगो भएपनि निकै आर्कषक तथा सुविधा सम्पन्न छ ।

मर्सिडिज बेन्ज एस क्लास

mercides-benz_1441449570
यसै वर्ष मर्सिडिजले यस डिजाईनको कार लन्च गरेको हो । यस कारले सिएल क्लासलाई बिस्थापन गरेको छ । कारको डिजाई आर्कषक भएका कारण यस कारलाई माथिल्लो तहका व्यक्ति तथा विश्वका विभिन्न राजपरिवारका सदस्यहरु समेतले प्रयोग गर्दै आएका छन् ।

अल्फा रोमियो ४ सी

alfa-romio-4c_1441449563
यसै वर्ष लन्च गरिएको यो कार स्पोर्टस्कार हो । यसमा कार्बन फाइबरको प्रयोग गरिएको छ । बस्नका लागि दुई सिटमात्रै उपलब्ध छ । माथिका फेरारी, मर्सिडिज लगायतका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नका लागि यो कार बजारमा ल्याइएको हो ।

कैडिलैक ईएलआर

cadlic-elr_1441449564
गत वर्ष यस डिजाईनको कार सार्वजनिक भएको थियो । यसको अधिकतम स्पिड १ सय किलोमिटर प्रतिघण्टा छ । यसमा रिचार्जवाला इनर्जी स्टोरेज सिस्टमसहित अन्य विविध सुविधा उपलब्ध छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल