एनअारएन युएईको अध्यक्षमा सुदिप कार्की निर्बाचित

भदौ २०

एनअारएन युएईको अध्यक्षमा सुदिप कार्की निर्बाचित
  • बिनोद श्रेष्ठ

यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) यूएर्इको अध्यक्षमा सुदीप कार्की निर्वाचित भएका छन् । संघको सम्पन्न छैटाै महाधिबेशनमा नेतृत्व चयनको लागी गत शुक्रबार भएको निर्बाचनमा कार्की सहित उनको प्यानल बिजय भएको हो।aa

सर्बसम्मतबाट नेतृत्व चयन गरिने भनिए पनि उमेद्वारहरूको असहमतिले गर्दा निर्बाचन मार्फत पदाधिकारी चयन गरिएको थियो। एनआरएन युएईको इतिहासमा निर्वाचन मार्फत नयाँ कार्य समिति गठन गरिएको यो पोहिलो हो । अाज सार्बजनिक मतपरिणाम अनुशार संघको तीन उपाध्यक्षहरु नेत्र थनेत ,रमेश श्रेष्ठ र रबि रमन अधिकारी विजय भएका छन्।

यसै गरी महासचिबमा दीपक खड्का सचिवमा पुष्प कार्की निर्वाचित भएका छन्। कोषाध्यक्षमा सूर्य बस्नेत निर्विरोध निर्वाचित, युवा प्रतिनिधिमा निश्चल दाहाल र महिला प्रतिनिधिमा कल्पना राई निर्विरोध निर्वाचित भएका छन्।भने संघकोसदस्यमा गाविन्द भण्डारी , बालकृष्ण अधिकारी , राजु केसी , बालकृष्ण मरासैनी , अमर गुरुङ ,ऋषि बस्याल , राधाकृष्ण पाठक र देबेन्द्र चालिसे निर्वाचित भएका छन्

शुक्रबार सम्पन्न महाधिवेशनका लागि एनआरएन आइसिसी अध्यक्ष शेष घले (अस्ट्रेलिया) ,महासचिव कुमार पन्त (जर्मनी) एनआरएन ओमनका संरक्षक डिबी खत्री उपाध्यक्ष टिबी कार्की (कतार) एनआरएन आइसिसी बहराइनका सदस्य जेपी सापकोटा कोषाध्यक्ष डा. बद्री केसी (रुस) महिला संयोजक सपिला राजभण्डारी (रुस) को उपस्थिती थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल