एउटै गाविसमा १०० क्विन्टल लसुन उत्पादन

भदौ २०

एउटै गाविसमा १०० क्विन्टल लसुन उत्पादन

garlic

हुम्ला,  — जिल्लाको स्याडा गाविसमा यस वर्ष एक सय क्विन्टल लसुन उत्पादन भएको छ । सदरमुकाम सिमीकोट बजारको मूल्यअनुसार यो उत्पादनको मूल्य १५ लाखबराबर हुन्छ । यहाँ प्रत्येक घर परिवारले लसुन उत्पादन गर्छन् ।

साँता, याँगु, खोल्सी, घिगा, घारापोरी, च्यादुक, सिमीकोट, केर्मी, मुचु लगायतका गाउँका किसान उत्पादन गरिएको लसुन बिक्रीका लागि चीनको ताक्लाकोट बजारसम्म जाने गरेका स्याडागाउँका किसान मानबअहादुर बुढाले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल