इंग्ल्याण्ड विरुद्ध अस्ट्रेलिया दुई शुन्यले अघि

भदौ २०  |   एजैन्सी

इंग्ल्याण्ड विरुद्ध अस्ट्रेलिया दुई शुन्यले अघि

लण्डन – अस्टेलियाले इंगल्याण्ड विरुद्धको एकदिवसीय शृंखलामा दुई शुन्यको अग्रता बनाएको छ । स्टेफेन स्मिथले ७० र मिट्चेल मार्सले ६४ रन बनाउँदा दोस्रो एक दिवसीयमा अस्टेलियाले इंगल्याण्डलाई खेल जित्न ३ सय १० रनको चुनौती दिएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको इंग्ल्याण्ड केवल २ सय ४५ रनमै सिमित भएपछि ६४ रनले पराजित भयो । इंग्ल्याण्डबाट इयोन मोर्गानले ८५ रन बटुलेका थिए । वेन स्टोक्स मैदानमा बाधा खडा गरेका कारण 2BFE4D7B00000578-0-image-a-13_1441471495848क्रिजबाट बाहिरिएपछि इंग्ल्याण्ड कमजोर देखिएको थियो ।

कप्तान इयोन मोर्गानले ४ छक्का प्रहार गर्दै इग्ल्याण्डको आशा जगाएको खेलमा स्टोक्स विवादस्पद रुपमा मैदानबाट बाहिरिए । एकदिवसीय क्रिकेटका अहिलेसम्म सम्पन्न ३ हजार ८ सय ६१ खेलमध्ये यसरी मैदानमा बाधा सिर्जना गरेको भन्दै खेलाडीलाई बाहिर पठाइएको यो छैटौ पटक हो । इंग्ल्याण्डका कुनै पनि खेलाडीले यसरी मैदान छाड्नुपरेको यो पहिलो पटक नै हो । लर्डस्मा पराजित भएको इंलिस टिमले अब मंगलबार वल्र्ड टाफोमा तेस्रो खेल खेल्नेछ ।
विवाद
२६ औँ ओभरमा इंग्ल्याण्ड ३ विकेट गुमाएर १ सय ४१ रनको अवस्थामा थियो । स्टोक्सले त्यति नै बेला खेलेको डिफेन्सिभ सटलाई बलर मिट्चेल स्टार्सले स्टम्पतर्फ सोभ्याए । क्रिजमा कायमै रहने क्रममा स्टोक्सले डाइभ गरेपनि बल उनको देब्रे हातले रोकियो । त्यसपछि अम्पायर कुमार धर्मासेना र टिम रोबिनसनले टिभी अम्पायर जोयल विल्सनसँग परामर्श गर्दा क्रिकेटको ल ३७ अनुरुप स्टोक्स अब्स्टक्रक्टेड द फिल्डअन्तर्गत मैदान छाड्न बाध्य बने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल