युरो २०१६ छनौट : स्पेन समूह सीको शीर्ष स्थानमा

भदौ २०  |   एजेन्सी

युरो २०१६ छनौट : स्पेन समूह सीको शीर्ष स्थानमा

म्याड्रिड – स्पेनले स्लोभाकियालाई पराजित गर्दै हेड टु हेडको आधारमा युरो २०१६ को छनौटमा समूह सीको शीर्ष स्थानमा उक्लिएको छ ।
_85390154_spain_celebs_epaस्पेनको जीतमा जोर्डी अलाबा र आन्द्रे इनिएस्टाले एक–एक गोल गरे । स्पेन र स्लोभाकियाको समान १८ अंक रहे पनि हेड टु हेडको आधारमा स्पेन शीर्ष स्थानमा पुगेको छ ।
उता, उक्रेनले बेलारुसलाई ३–१ ले पराजित गर्दै १५ अंकको साथमा तेस्रो स्थानमा रहेको छ ।
युक्रेनले मंगलबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ भने स्पनले मेसेडोनियाको चुनौती सामाना गर्नेछ ।
त्यसैगरी २१ अंको साथ इंग्ल्याण्ड प्रतियोगितामा छनौट भइसकेको छ । उता, स्वीटजरल्याण्डले २–० को स्थिति उल्टाउँदै स्लोभानियाविरुद्ध ३–२ को जीत दर्ता गरेको छ ।
त्यस्तै रसियाले स्वीडेनलाई १–० लाई पराजित गर्दै युरो छनौटमा आफ्नो आशा कायम राखेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल