रुनीको रेकर्डसँगै इंग्ल्याण्ड युरो २०१६ मा

भदौ २०  |   एजेन्सी

रुनीको रेकर्डसँगै इंग्ल्याण्ड युरो २०१६ मा

लण्डन – सान मारिनोलाई भारी गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्डले सन् २०१६ को युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलमा कप्तान वेयन रुनीले सर बबी चाल्र्टनको इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन् ।

2BFFF80D00000578-0-image-a-4_1441472152918
खेलमा पेनाल्टीमार्फत गोल गर्दै रुनीले इंग्ल्याण्डका लागि ४९ औं गोल गर्दै रेकर्ड बराबरी गरेका हुन् । तर उनलाई प्रशिक्षक रोय हड्सनले सब्सिटच्युट गरेपछि गोलको वर्षा भएको खेलमा रेकर्ड तोड्ने अवसरबाट भने बञ्चित बने । उनले अब मंगलबार स्वीटजरल्याण्डविरुद्ध फेरि प्रयास गर्न पाउने छन् ।
इंग्ल्याण्डको जीतमा रस बाक्र्ले र ह्यारी केनले एक–एक गोल गरे भने थियो वाल्कोटले दुई गोल गरे । त्यस्तै सान मरिनोका क्रिस्टियन ब्रालीले आत्मघाती गोल गरे ।
खेल इंग्ल्याण्डले ६–० ले आफ्नो पक्षमा पार्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल