भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताए ।
नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुग्नुभएका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए ।
गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाँले बताए । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताए । रासससँग कुराकानी गर्दै उनले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताए ।
“मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ ।” तीन वर्ष कार्यकाल सकेर स्वदेश फर्किदै गर्नुभएका राजदूतले भने– “त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ” “सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने ? उनले प्रश्न गरे ।”
उनी आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन् । भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उनले बताए ।
नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उनले बचन दिए । “लामो यात्राले थकित भएकाले शुक्लाफाँटा र महाकाली नदीको झोलुङ्गे पुल हेर्न जान सकिन ।” उनले भने “कर्मचारी भएपछि सरुवा हुने, अर्को आउने चक्र नै हो ।
काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राज..
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं..
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अ..
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
काठमाडौं, जेठ २८ –सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमा दिए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..