काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायत निर्वाचनका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदा कार्यक्रमस्थल प्रमुख जिल्ला अधिकारीको बङ्गलातर्फ जाँदै गर्दा केही राजनीतिक दलका उच्छृङ्खल कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्तविरुद्ध नाराबाजी गर्ने तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र व्यवहार देखाएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीको सुझबुझपूर्ण कार्य एवम् राम्रो सुरक्षा व्यवस्थाको कारण सुव्यवस्थित तरिकाबाट कार्यक्रम सञ्चालन भएको आयोगले जनाएको छ ।
तराई–मधेस जिल्लामा स्थानीय तहको निर्वाचनप्रति जनताको व्यापक उत्साह र निर्वाचनको सकारात्मक वातावारण बन्दै गएको अवस्थामा यस प्रकारका गतिविधिबाट लोकतान्त्रिक अभ्यासको माध्यमबाट आफ्ना जनप्रतिनिधि निर्वाचन गर्ने तथा जनप्रतिनिधिका रुपमा निर्वाचित हुने जनताको अधिकारलाई कुण्ठित पार्न खोज्नु अलोकतान्त्रिक एवम् अमर्यादित व्यवहार भएकाले यस प्रकारका गतिविधि नगरी निर्वाचनको सहज वातावरण बनाउने कार्यमा सहयोग पु¥याउन सम्पूर्ण सरोकारवालामा आयोगले आग्रह गरेको छ ।
भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत मा..
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं..
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अ..
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
काठमाडौं, जेठ २८ –सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमा दिए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..