सुमित श्रेष्ठ
रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–४ रजगाउँमा प्राविधिक नपुग्दा अझैसम्म आवास निर्माणको काम सुरु हुन सकेको छैन ।
निजी आवास निर्माणको लागि सरकारले दिने भनेको अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ लिए पनि राज्यले निर्धारण गरेको भूकम्प प्रतिरोधी गरेको नक्सा र प्राविधिक नआउँदा घर निर्माण गर्न नपाएको भूकम्प प्रभावितको गुनासो छ ।
१ सय २५ घर मध्ये १ सय २३ घर माझी समुदायको बसोबास रहेको रजगाउँमा २०७२ वैशाख १२ र १३ गतेको भूकम्पले ७० घरमा पूर्णरुपमा क्षति पु¥याएको थियो ।
भूकम्प गएपछि निरीक्षणको क्रमम पुगेका प्राविधिकले सो बस्तीमा घर निर्माणको लागि योग्य जमिन नभएको बताए पनि त्यसपछि प्राविधिक फर्केर नआएको स्थानीय सुन्दर माझीले बताए ।
जिल्ला दैवि प्रकोप उद्धार समितिले सो बस्ती स्थानान्तरण गर्नपर्ने बताए पनि अहिलेसम्म कुनै पहल नहुँदा आपूmहरु घर कहाँ बनाउने भन्ने अन्योलमा रहेको अर्का स्थानीय मानबहादुर माझीले बताए ।
तामाकोसी नदीको किनारमा रहेको माझी बस्ती निकै होचो भू–भागमा रहेको र बालुवामाथि बस्ती रहेकाले पुनः यही ठाउँमा घर बनाउन हुने नहुेनबारे सल्लाह निल प्राविधिक कुर्दाकुर्दै दुई वर्ष वितेको उनले बताए ।
प्राविधिक नआएका कारण घर पहिलाकैजस्तो बनाउने हो वा नयाँ नक्सा अनुसार निर्माण गर्ने भन्ने अलमलमा परेको स्थानीय बताउँछन् । सुन्दर माझीले भने– प्राविधिक भेट्न जान पनि उनीहरु कहाँ बस्छन् थाहाँ छैन, नापजाँच नगरि घर बनाउँदा घर पास नहोला भन्ने डरले घर बनाउँन सकेका छैनौं ।
प्राविधिक नआएको कारण आवास निर्माणको लागि लिएको ५० हजार रुपैयाँ बैंकमा राखेर आपूmहरु पालमुनी बास्न बाध्य भएको कल्पना माझीले बताइन । प्राविधिक आएर नाप जाँच गरिदिए तत्कालैै घर बनाउने सोचमा छौं उनले भनिन् ।
भूकम्प गएको २७ महिनासम्म पनि रजगाउँको माझी बस्तीमा प्राविधिक नभएको बारेमा जिज्ञासा राख्दा शहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय रामेछापका प्रमुख अमरबहादुर थापाले जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाको सबै वडाहरुका लागि प्राविधिक खटाइएको बताए ।
रजगाउँमा प्राविधिक नपुगेको कुरा पत्रकार मार्फत जानकारी पाएको भन्दै सो बस्तीमा तत्कालै प्राविधिक पठाउने पनि उनले बताए ।
दुई बर्खाको भलबाढी र दुई हिउँदको चिसो पालमुनी काटिसकेका रामेछापको खाँडादेवि गाउँपालिका ४ का भूकम्प प्रभावित, विपन्न माझी समुदायको २०७४ को बर्खा पनि पालमुनी नै वित्ने पक्का भएको छ ।
आउँदो बर्खा त पालमनी वित्ने निश्चितै छ, राज्यको ध्यान नपुग्ने हो भने कम्जोर आर्थिक अवस्था भएका माझी समुदायले अझै कति समय पालमुनी काट्नु पर्ने हो निश्चित छैन ।
लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्र..
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ ज..
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता ..
आकाश तारा बयक सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्रवाह गर्ने भएको छ । देशभरका साढ..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्ष..
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्र..
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..