काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ’मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् ।
अन्तिम स्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ’मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।
अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् । विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च सिक्षाको लागी १ बर्षे छात्रवृद्धिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् ।
यस्तै पहिलो रनरअप भुमिका आचार्य घोषित हुँदा दोश्रो रनरअप सुजना ढकाल बनिन् । पहिलो र दोश्रो रनरअपले क्रमशः १५ हजार र १० हजार पुपैयाँसँगै अक्सफोर्ड कलेजमा ९ महिना र ६ महिनाको छात्रवृद्धि तथा ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै तेश्रो रनरअप श्वेता अर्याल बनिन् भने चौथो रनरअप करिना श्रेष्ठ बनिन् ।
‘मिस सी चितवन’को लागी बर्ष २०७३ मा सी (एसएलसी) परिक्षा दिएका ३ सय बढि छात्राहरुले सहभागीता जनाएका थिए । फाईनल स्पर्धामा अभिनेता क्याप्टेन विजय लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए भने अन्य विभिन्न संघ संस्थाका लब्धप्रतिष्ठित व्याक्तिहरुको पनि सहभागिता थियो ।
आयोजक संस्थाका प्रमुख नविन यादवले सेकेण्डरी लेभल पार गर्दै गरेका किशोरीहरु भित्र लुकेको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने सँगसँगै शैक्षिक गतिविधीसँग जोडिएका अन्य विधामा पनि ज्ञान प्रदान गर्ने उद्देश्य लिएर यो प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।
उनले आफ्नो संस्थाको तर्फबाट ’शिक्षाको लागी सँगै’ नामको शैक्षिक अभियान पनि सञ्चालक गर्दै आएको भन्दै उक्त अभियान अन्तर्गत ९ जिल्लाका भुकम्प पीडीत १५३ जना छात्र छात्रालाई प्राईमेरी देखि उच्च कक्षासम्मको पढाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको समेत बताए ।
आयोजक संस्थाले यो प्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तता दिने बताएको छ । भने यो बीचमा छिट्टै नै संसारमै पहिलो पटक दृष्टिबिहिनहरुलाई लक्षित गरेर ’क्विज ब्याटल’ सञ्चालन गर्न लागेको बताएको छ । छिट्टै नै सुरु हुने उक्त कार्यक्रम ईमेज टिभीमा प्रशारण हुनेछ भने अभिनेता लामाले कार्यक्रमको ’होस्ट’ गर्नेछन् ।
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना ह..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार ..
एजेन्सी जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘स..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घट..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम..
काठमाडौं, जेठ २८ –अन्जु पन्त, दुर्गा परियार, मिलन अमात्य, मेलिना राई र सहिमा श्रेष्ठ बिच भिडन्त हुने भए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..