रञ्जित लामा
धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ जना निर्दाेषलाई १ रात हिरासतमा लिएको छ । हिरासतपछि कन्फ्यूज भयो भन्दै आईतबार दिउँसो १ बजे मात्र उनीहरुलाई हिरासत मुक्त गरिएको हो ।
शनिवार गोदावरी खोला बालुवा ढुवानीका लागि गएका १८ वटा ट्रयाक्टर चालक सहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको थियो । मोहना नदिबाट अबैध रुपमा बालुवा निकासि हुदैछ भन्ने अपुष्ट खबरकै आधारमा उनीहरुलाई प्रहरी निरीक्षक इन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले बिना चेकचाँज नै नियन्त्रणमा लिएको हो ।
हिरासतमा लिएको दोश्रो दिनपछि मात्र प्रहरी झुक्किएर चालक र ट्रयाक्टर समातिएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बीरबहादुर घर्तीमगरले स्वीकार गरेको छ । बिहान ट्रयाक्टर मालिकले काटेको रोयल्टी हेर्दा प्रहरी अलमलमा परे ।
जिविसको सामान्य ढुवानीको नियमबाट अनविज्ञ रहेका कैलालीका प्रहरीले जिविसमा सोधपुछ गरेपछि मात्र ती समातिएका ट्रयाक्टर चालकहरु निर्दाेष रहेको थाहा पाए । जब कि ट्रयाक्टरहरु जिल्ला विकास समितिले तोकेको रोयल्टी तिरेको रसिद सहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।
प्रहरीको बचपना !
यो घटनामा प्रहरीको बचपना स्पष्ट देखिएको छ । प्राप्त सूचनालाई रुजु नै नगरी बिना चेकचाँज नै अपराधी सोसरह हिरासतमा लिएको देखिन्छ । जि.वि.स.को सामान्य नियमबाट बेखबर रहेर प्रहरीले बैध र अबैधको सामान्य भिन्नता पनि छुट्टयाउन नसकी हचुवाकै आधारमा नियन्त्रणमा लिनुले कैलाली प्रहरीको बचपना थप पुष्टि भएको छ । सामान्य गरिखाने मजदूरलाई नियन्त्रणमा लिएर भोकभोकै एक रात थुनुवा कक्षमा राखिएको घटनाले यतिखेर निकै ब्यापकता पाएको छ ।
लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्र..
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपा..
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता ..
आकाश तारा बयक सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्रवाह गर्ने भएको छ । देशभरका साढ..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्ष..
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्र..
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..