आकाश तारा बयक
सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्रवाह गर्ने भएको छ । देशभरका साढे पाँच लाख सञ्चयकर्तालाई आठ वटा शाखा र दुई वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको कोषले अब शाखारहित सेवा विस्तार गरि पहिलो पटक बैंक मार्फत सरल र सुलभ सेवा प्रवाह गर्न लागेको हो । कोषले देशभरी रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु मार्फत यस्तो सेवा आउँदो आर्थिक वर्षबाट प्रवाह गर्न लागिएको बताएको छ ।
कोषले राज्यको विकेन्द्रीकरण नीति अवलम्वन गरी आधुनिक प्रविधि मार्फत देशभरीका सञ्चयकर्तालाई घरदैलोमै सेवा पु¥याउन लागिएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । उनले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा शाखारहित भुक्तानी सेवा (ब्रान्चलेस सर्भिसेज) मार्फत (सिस्टम कनेक्टीभीटि) गरि सेवा विस्तार गरिने जानकारी दिए । उनका अनुसार सेवालाई थप विस्तार गर्नुपर्ने सञ्चयकर्ताको मागलाई सम्बोधन गर्न बैकिङ्क सञ्जाल मार्फत घरदैलोमै सेवा पु¥याउन लागिएको छ ।
‘कोषमा आवद्ध साढे ५ लाख सञ्चयकर्तालाई अब सम्बन्धित जिल्ला स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाटै कोषले दिने सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘धितो राखेर लिने साफटी बाहेक कोषले दिने अरु सबै सेवाहरु बैंकका शाखाहरुबाटै उपलब्ध हुनेछन् ।’ उनले पहिलो चरणमा खाँदवारी, बर्दिवास, बेनी, जुम्ला र डोटीबाट शाखारहित भुक्तानी सेवा शुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार हाल कोषले आफ्ना आठ वटा शाखा, दुई वटा सेवा केन्द्रसँगै सामाजिक सुरक्षा विभाग काठमाडौंबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।
कोषले शाखारहित भुक्तानी सेवा शुरु गर्न राष्ट्रिय वाणिज्य बैंकसँग कार्य सम्पादन सम्झौंता (एमओयू) गरिसकेको कोषका केन्द्रीय लेखा तथा खर्च विभागका प्रबन्धक वीरेन्द्र पौडेल बताए । उनले कोषका थप शाखाहरु विस्तार गर्नु भन्दा बैंकसँगको सहकार्यमा शाखारहित सेवा प्रभावकारी हुने विश्वासले यस्तो निर्णय गरिएको जानकारी दिए । उनले बैंकका पाँच वटा शाखाबाट शुरु हुन लागेको यो सेवालाई विस्तार गरि सञ्चयकर्ताको घरदैलोमै पु¥याईने दावी गरे । उनका अनुसार अहिले शाखारहित सेवा मार्फत सञ्चयकर्ताको घरदैलोमै पु¥याउन कोषले आवश्यक प्रक्रिया पुरा गरिसकेको छ ।
शाखारहित सेवा विस्तारबाट देशभरी छरियर रहेका सञ्चयकर्तालाई प्रत्यक्ष लाभ पुग्ने कोषका सुर्खेत शाखा प्रमुख रामप्रसाद लामिछाने बताउँछन् । उनले कोषका शाखा नभएका जिल्लाका सञ्चयकर्तालाई शाखारहित सेवाबाट घरदैलोमै सेवा पुग्ने अपेक्षा राखे । नेपाल निजामति कर्मचारी यूनियन (संघ) सुर्खेतका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड यूनियन सुर्खेतका उपाध्यक्ष नृपजंग शाहीले सञ्चयकर्ताको लामो समयदेखिको मागलाई कोषले हाल आएर सम्बोधन गर्ने प्रयास गरेको प्रति धन्यवाद व्यक्त गरे ।
कोषले सञ्चयकर्तालाई विशेष सापटी, भुक्तानी, घरसापटी, घर मर्मत सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा, सामाजिक सुरक्षा सेवा अन्तर्गतका दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु हेरचाह खर्च, काजक्रिया अनुदान, औषधोउपचार सहयोग कार्यक्रम उपलब्ध गराउँदै आएको छ । धनकुटा, विराटनगर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी, काठमाडौको सिंहदरवार र पुल्चोक सेवाकेन्द्रसँग सामाजिक सुरक्षा विभाग ठमेलबाट हाल सेवा प्रवाह गर्दै आईरहेको कोषले बताएको छ ।
लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्र..
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपा..
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ ज..
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता ..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्ष..
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्र..
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..