कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष्णनगरबाट उद्धार गरिएको छ ।
मानव बेचबिखन विरुद्ध कृष्णनगरमा कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले ती किशोरीहरुको उद्धार गरेको हो । बुटवलबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको लु ४ ख ६४८६ नम्बरको बसमा चेकजाँचका क्रममा पीआरसीले तीन किशोरीको उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराई जानकारी दिए ।
उद्धार गरिएकी किशोरीहरुमा स्याङ्जाकी २५ वर्षे उषा (नाम परिवर्तन), मकवानपुरकी २७ वर्षीय उमा र मोरङकी ३० वर्षीय युवती उर्मिला (नाम परिवर्तन) रहेका छन् ।
साथै किशोरीहरुलाई दिल्लीसम्म पु¥याउन जाने पाल्पा रामपुर ६ का ४४ वर्षीय जीवलाल गैरेलाई अनुसन्धानका लागि सम्पर्कमा ल्याएको पीआरसी संयोजक भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा किशोरीहरुलाई उद्धार गर्न सफल भएको भट्टराईको भनाइ छ । किशोरीहरुलाई भारत लैजाने विचौलियालाई प्रहरीको जिम्मा लगाएको भट्टराई जनाए ।
शुरुमा किशोरीहरुले घुमघामका लागि भारत जान लागेको बताएपनि विस्तृत सोधपुछका क्रममा भारतको बाटो हुँदै कुवेत जान लागेको किशोरीहरुले बयान दिएको बताइएको छ ।
तीनैजनासँग राहदानी, नागरिकता रहेपनि कुन मेनपावरबाट जान लागेको आफूहरुलाई थाहा नभएको बयानका क्रममा किशोरीहरुले बताएका थिए ।
विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीहरुलाई झुक्याई भारततर्फ लैजाने गरेको पाइएकाले ती किशोरीहरुलाई सम्पर्कमा लिएको पीआरसी संयोजक भट्टराईले बताए । दलालहरुले रोजगारीको प्रलोभन दिई सोझा साझा युवतीहरुलाई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेकाले सीमाक्षेत्रमा चेकजाँचलाई कडा बनाएको उनको भनाइ छ ।
लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्र..
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपा..
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ ज..
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता ..
आकाश तारा बयक सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्रवाह गर्ने भएको छ । देशभरका साढ..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्ष..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्र..
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहक..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..